हड्ताल गरी काममा अनुपस्थित भए अब तलव नपाउने

strike
अब हड्ताल गरी औद्योगिक प्रतिष्ठानमा काम गर्ने मजदुरले काममा अनुपस्थित भएको दिनको पारिश्रमिक नपाउने भएका छन्।

व्यवस्थापिका संसदको बिहीबारको बैठकले पारित गरेको ‘औद्योगिक व्यवसाय विधेयक २०७३’ अनुसार अब ‘नो वर्क नो पे’ को व्यवस्था लागू हुने भएको हो ।

‘नो वर्क नो पे’ प्रावधानकै कारण लामो समयदेखि विवादमा तानिएको यो विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणिकरण गरेसँगै  लागू हुन्छ ।

नयाँ व्यवस्था अनुसार राजनीतिक तथा विभिन्न बहानामा उद्योगलाई प्रभावित पारेर काम नगरे मजदुरले त्यो अवधिको तलव नपाउने भएका हुन्।

व्यवसायीले लामो सयमदेखि माग गर्दै आएको यो व्यवस्था राजनीतिक दलहरुको असहमतिले रोकिँदै आएको थियो।

आजको कारोबार दैनिकमा समाचार छ ।

यो पनि हेर्नुहोस्-बन्द उद्योग प्रतिष्ठानहरु शीघ्र संचालनको माग