औद्योगिक व्यापार मेलामा वायु ऊर्जाको आकर्षण

buभृकृटीमण्डपमा जारी १३ औ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा नवीनतम प्रविधि प्रदर्शनीमा सबैको आकर्षणको केन्द्र ‘वायु ऊर्जा’ बन्ने गरेको छ । हावाबाट बिजुली निकाल्ने प्रविधि हेर्नका लागि दैनिकजसो सर्वसाधारणको भिड लाग्ने गरेको छ ।

एभरेस्ट बिल्ड इनर्जी प्रालिले नेपालमा पनि हावाबाट बिजुली निकाल्न सकिन्छ भनेर दक्षिण अफ्रिकामा बनेका यन्त्र नेपालमा ल्याएर पहिलो प्रदर्शन गरेको हो । प्रालिले धेरै अध्ययनअनुसन्धानबाट नेपालमा पनि हावाबाट बिजुली निकाल्न सकिन्छ भनेर डिलर राखी बिक्री वितरण गर्न थालेको प्रालिका कार्यकारी अध्यक्ष डिल्लीराज पोखरेलले जानकारी गराउनुभयो ।

वायु ऊर्जाले ती हजार पाँच सय वाट बिजुली उत्पादन गर्न सक्ने र त्यसबाट पाँच घरपरिवारलाई बिजुली प्रशस्त पुग्ने छ । हावा चल्ने अग्लो ठाउँमा उक्त यन्त्र राखिने र तीन पङ्खा घुमेपछि त्यहाँभित्र रहेको जेनेटर पनि घुमेपछि विद्युत् उत्त्पादन हुन्छ । यसरी उत्पादन भएको विद्युत् तारमार्फत घर घरमा वितरण गर्न सकिन्छ ।
कार्यकारी अध्यक्ष पोखरेलले यसको अध्ययन गरेर नै वायु ऊर्जा नेपाल भित्र्याइएको जानकारी गराउनुभयो । अहिले प्रदर्शनीका लागि मात्र राखिएको उक्त प्रविधि पछि बिक्री वितरण गरिने छ ।

इ अरजित दासले नेपालमा हावाबाट बिजुली उत्पादन गर्न सकिने सम्भावना रहेको बताउँदै यन्त्रबाट नेपालका ग्रामीण भेगबाट विद्युत् उत्पादन गर्न सकिने बताउनुभयो । उहाँले मुस्ताङ, मनाङ जस्ता ठाउँमा आफूले अध्ययनअनुसन्धान गर्दा एक हजार मेगावाट विद्युत् यही यन्त्रबाट निकाल्न सकेको जानकारी गराउनुभयो ।

कार्यकारी अध्यक्ष पोखरेलले आफूहरुको अनुसन्धानबाट ३० हजार मेगावाटको बिजुली वायु उर्जाबाट निकाल्न सकिने बताउनुभयो । यसको नेपाली मूल्य रु १२ लाख पर्छ । भारतमा ३५ हजार र चीनमा एक लाख ५० हजार मेगावाट विजुली हावाबाट निकालिएको छ । बिहीबार अर्थमन्त्री कृष्णबहादुर महराले पनि प्रविधि अवलोकन गर्नुभएको थियो । रासस