औपचारिक रुपमा निर्माणको घोषणा भयो चलचत्र लम्फु

गोपालचन्द्र लामिछानेको निर्देशन रहने चलचित्र ‘लम्फू’को औपचारिक निर्माण घोषणा भएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा चलचित्र युनिटले कलाकार समेत सार्वजनिक गर्यो ।

lamfu-768x512

शक्तिवल्लभ घोरासिनी निर्माता रहने चलचित्रमा कबिर खड्का, मरिस्का पोखरेल, सलोन बस्नेत, चाँदनी शर्मा, सञ्जित भण्डारी, ओम गुरुङ, कुशाग्र भट्टराई लगायतको अभिनयमा रहने छ ।

पपुलर मल्टिमिडियाको ब्यानरमा बन्ने चलचित्रको लेखन भूपतिको हो । उक्त ब्यानरबाट यसअघि चलचित्रहरु ‘किन लाग्छ माया’, ‘बोक्सी’ र ‘दि मिरर’ निर्माण भएको थियो ।

सुखी र सम्पन्न जीवन जिउँने लक्ष्यका साथ शहर पसेको एक युवकको जीवनका यात्रा सुरु भए पश्चात उत्पन्न हुने आरोह अवरोहको कथामा चलचित्र बन्न लागेको हो ।

अर्जुन पोखरेलको संगीत रहने चलचित्रमा द्वन्द्वमा अष्ट महर्जन र छायांकनमा दिपक बज्राचार्यको तथा हरि सिलवालको सम्पादन रहनेछ । नृत्य निर्देशनमा रामजी लामिछाने छन् ।

पुनम ईन्टरटेन्मेन्टको कस्ट्युम डिजाईन रहने चलचित्रलाई ४० दिन भित्र खिचिसक्ने लक्ष्य निर्माण टिमले राखेको छ । चलचित्र यसै साताबाट फ्लोरमा जाने निर्देशक लामिछानेले बताए । पश्चिम नेपालको पर्वत र काठमाडौंमा ’लम्फू’ खिचिनेछ ।