औषधिको सट्टा खेतवारीमा रक्सी ..!

भारतको जयपुरस्थित शेखावटी भन्ने गाउँका मानिसहरुले खेतबारीमा लगाएका बालीनालीलाई रोग तथा किराबाट बचाउनका लागि किटनाशक औषधिको साटो घरेलु तथा विदेशी रक्सी बालीनालीमा छर्कने गरेका छन् ।

raksi

गाउँलेहरुले यसरी बालीलाई रक्सीले नुहाइदिनुका दुुई कारण छन् । पहिलो त, बजारमा किटनाशक औषधिको भाउ निकै चर्को छ । अनि दोश्रो कारण बालीनालीमा रक्सीको प्रयोग गर्नाले रोगकिरा नलाग्ने मात्र होइन उत्पादन पनि बढिरहेको छ ।

रक्सीले सिँचाई गर्नाले बालीनालीको उत्पादन बढेको दाबी किसानहरुको भएतापनि विज्ञहरुले भने रक्सी र उत्पादन वृद्धिको बीचमा कुनै सम्बन्ध नरहेको दाबी गर्दछन् ।

किसानहरुका अनुसार आधा बिगाह खेतका लागि केवल २५ देखि ३० मिलिटिर रक्सी पर्याप्त हुन्छ । अधिकांश किसानहरु ११ देखि १६ लिटरको स्प्रे मेसिनमा १ सय मिलि लिटरसम्म रक्सी हाली त्यसमा पानी थपेर बालीनालीमा छर्किन्छन् । यसो गर्दा किटनासक औषधि किन्नुुभन्दा निकै सस्तो पर्ने र बालीको उत्पादन पनि बढि हुने किसानहरु बताउँछन् ।