कँडेलद्वारा एनआरएनए मध्यपूर्व उपसंयोजक पदमा उम्मेदवारी

गोपाल कँडेल“एनआरएनए पुनःनिर्माणको सच्चा साझेदार, “मध्यपूर्वको चाहना श्रमिकमैत्री एनआरएनएको परिकल्पना” भन्ने मूल नाराका साथ युएईका युवा गोपाल कँडेलले एनआरएनएको मध्यपूर्व उपसंयोजक पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

गैर आवासीय नेपाली संघ एनआरएनए आइसीसीको आसन्न महाधिवेशनको लागि बिभिन्न पदमा उम्मेदवारी घोषणा गर्ने लहरसंगै कँडेलले पनि मध्यपूर्व उपसंयोजक पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।

डेढदशकदेखि युएईमा एनआरएनए लगाएत सामाजिक क्षेत्रमाकार्यरत कँडेल एनआरएनए युएईको २०११-१३ कार्यकालमा सचिव, एनआरएनए युएईको २०१३ – १५ मा महासचिव हुँदै युएईबाट २०१५ – १७ मा आइसीसी सदस्यको जिम्मेवारी सम्हाली सकेका छन् ।

“वैदेशिक रोजगारीमा आएका सबै मजदुर नै भएकाले एनआरएनएलाई प्रवासी मजदुरमुखी र तिनको हक, अधिकारको सुरक्षा गर्दै, मजदुर मैत्री एनआरएनए बनाउन पहल गर्नेछु ”भन्दै उमेरद्वारी घोषणा सभामा कँडेलले आफू निर्वाचित भएमा प्रवासी नेपाली श्रमिकको हितमा योजनावद्ध रुपमा प्रभावकारी काम गर्ने बताएका छन् ।

कँडेलले मध्यपूर्वका देशहरुमा नेपालीबाट नेपालीमाथि नै हुने दलाल प्रवृतीलाई निरुत्साहीत गर्ने पहिलो प्राथमिकता भएको बताएका छन्। । मध्य पूर्वका नेपालीहरुका लागी ‘हजारे अभियान’ सुरक्षित भविष्यको सम्भावना भएको हुँदा यस महान अभियानको तर्जुमाका लागि पहल गर्दै कार्यन्वयन पक्षलाई छरितो बनाउनको लागि नेपाल सरकार र एनआरएनए भित्रै दबाब सिर्जना गर्ने उनले बताए ।

१० बुँदे प्रतिबद्धता सार्वजनिक गरेका कँडेलले आफूले एनआरएनएको अभियानमा खेलेको भूमिकालाई एनआरएनए कर्मीले थप भूमिका दिने विश्वास जनाउदै मध्यपूर्व संयोजक निर्वाचित हुने बताए ।

एनआरएनए आइसीसी सचिवमा गणेश केसीको उमेद्वारी