कंगनाको ठाउँमा तमन्ना

बलिउड अभिनेत्री कंगना रनोटका लागि विकास बहल निर्देशित फिल्म ‘क्वीन’ जीवनको टर्निङ पोइन्ट साबित भयो । फिल्ममा कंगनाले रानी नामकी युवतीको भूमिका निर्वाह गरेकी छन्, जो बिहेको ठीक अघिल्लो दिन हुनेवाला श्रीमान्ले बिहे तोडिएपछि एक्लै हनिमुन मनाउन निस्किन्छे । कंगनाको रानी रूपलाई चौतर्फी प्रशंसा मिलेको थियो ।

kangana-tamanna

अहिले ‘क्वीन’ कै तामिल रिमेक हुने खबर सञ्चार माध्यममा आइरहेको छ । भारतीको एक न्युज एजेन्सीका अनुसार रिमेकमा रानीको भूमिकाका लागि अभिनेत्री तमन्ना भाटियालाई छानिएको छ ।

विकासले हिन्दि भाषामा निर्देशन गरेको फिल्मलाई तामिलमा रेवतीले निर्देशन गर्नेछिन् । यस विषयमा कुरा गर्दा तमन्नाले क्वीन हेरेदेखि नै यो फिल्मको रिमेकको अंश बन्न चाहेको बताएकी थिइन् ।

‘यो यस्तो गम्भिर महिला–केन्द्रित फिल्म हो जसलाई सबैखाले दर्शकले मनपराउँछन्’, तमन्नाले भनेकी छन्, ‘कंगनाको काम देख्दा मलाई मैले आफू नै स्वतन्त्र भएजस्तो अनुभव गरेकी थिएँ । यसको रिमेको असिमित प्रतिक्षामा छु ।’ उनले निर्देशक रेवतीसँग काम गर्न पाउनु अर्को सुखद अवसर रहेको बताएकी छन् । रिमेकका लागि सुनन्ी मणी रत्नमले डाइलग लेख्नेछन् ।

‘हिम्मतवाला’, ‘हमसकल्स’ जस्ता बलिउड फिल्ममा देखापरेकी तमन्ना ती फिल्म फ्ल्प भएपछि दु:खी थिइन् । तर, सन् २०१५ मा आएको एसएस राजामौली निर्देशित ‘बाहुबली: द बिगिनिङ’ पछि भने तमन्नाका दिन फिरेका थिए । त्यसो त उनी तेलगु र तामिल फिल्मकी सफल र चर्चित अभिनेत्री हुन् ।
-कान्तिपुर बाट