बोलचाल बन्द भएपनि कंगनाले गरिन प्रभाषको प्रसंसा

‘बाहुबली’मा काम गरेपछि अभिनेता प्रभास वल्डवाईड चर्चित बनेका छन् ।

सिनेमाको सफलताले चर्चामा आएका प्रभासको बारेमा अभिनेत्री कंगना रनावतले हालै मात्र खुलेर कुराकानी गरेकी छिन् ।सन् २००९ को सिनेमा ‘एक निरंजन’मा प्रभाससँग काम गरेकी कंगनाले उनीसँग झगडा गर्न पनि भ्याएकी थिईन् ।

कंगनाका अनुसार काम गर्ने क्रममा उनीहरु प्राय झगडा गरिरहन्थे । झगडा गरिरहँदा एक पटक त उनीहरुको बोलचालै बन्द भएको थियो ।तर पछि बाहुबलीमा प्रभासलाई देखेपछि भने उनी प्रभासकी प्रशंसक बनिन् । अहिले आफूलाई प्रभासको काम देखेर गर्व लाग्ने उनी बताउँछिन् ।