कंगनाले तीन खानसंग काम गर्न चाहान्न भनेपछि शाहरुखले दिए यस्तो प्रतिक्रिया

बलिउडकी विवादित अभिनेत्री कंगना रनावतले हालै मात्र कफि विद करणमा तीन खानसँग काम गर्न नचाहेको बताएपछि यो खबर निकै भाईरल भयो । कंगनाको यो बयानपछि अभिनेता शाहरुख खानले पनि उनीसँग काम गर्न नचाहेका खबरहरु आए ।

kangana-shahrukg

तर यो खबर भाईरल भएपछि यसलाई साम्य पार्न शाहरुखले यसमा प्रतिक्रिया दिएका छन् । उनले प्रकाशित खबर गलत भएको भन्दै आफूलाई कंगनासँग काम गर्न कुनै पनि समस्या नभएको जानकारी दिएका छन् ।

कंगनाले कफि विद करणमा तीन खानमध्ये को सँग काम गर्न चाहुनुहुन्छ भन्ने प्रश्नको जवाफ एक सकेण्डमा ‘नन’ अर्थात कोही पनि नाई भनेर दिएकी थिईन् ।

कंगना र शाहरुख अब छिट्टै नै संजय लिला भंसालीको सिनेमामा देखा पर्ने सम्भावना छ । भंसालीलेले शाहरुखलाई दुईवटा स्क्रिप्ट दिएका छन् जसमध्ये एकमा प्रियंका हुनेछिन् भने अर्कोमा कंगना । –