साहरुखको फिल्ममा कट्रिना, कंगना नहुने

बलिउड अभिनेता साहरुख खान र अभिनेत्री कट्रिना कैफ दोश्रो पटक पर्दामा देखिने भएका छन् । साहरुख र कट्रिना निर्देशक आनन्द एल रायको नयाँ फिल्ममा देखिने भएका हुन् । यो फिल्मका लागि सुरुवातमा अभिनेत्री कंगना रनावतको नाम अगाडि आएको थियो ।

srk-and-katrina

तर, कंगनाले काममा हाबी हुन खोज्ने भन्दै उनलाई नराखिने भएको हो । अब कैफले साहरुखसँग फिल्ममा दोश्रो पटक रोमान्स गर्ने पक्का भएको छ । यसअगाडि साहरुख र कैफ ‘जब तक हे जान’मा एकसाथ देखिएका थिए ।

फिल्मको छायांकन अर्को बर्ष सुरु हुनेछ । यसका साथै फिल्मको नाम ‘वन्धुवा’ राखिएको छ । फिल्ममा साहरुख होचो व्यक्तिको भूमिकामा छन् । सन् २०१८ को क्रिसमसमा यो फिल्म रिलिज हुनेछ ।