कंगना-सोनु विवादमा नयाँ ट्वीस्ट

कंगना रनौटको फिल्म मणिकर्णिका रिलिज हुनुभन्दा पहिला नै विवादमा फसेको छ । कहिले रिलिज डेट त कहिले स्टार कास्टका कारण फिल्म विवादमा छ ।

पछिल्लो पटक फिल्म बिचैमा छोडेका अभिनेता सोनु सुदले फिल्मकी सहायक निर्देशक तथा अभिनेत्री कंगना रनौटमाथि लगाएको आरोपले बलिउड नगरी तताएको छ । हालै कंगनाले सोनु सुदले महिला निर्देशकसँग काम गर्न अप्ठ्यारोमा माने बताएकी थिइन् ।

कंगनाको यो भनाईको जवाफ दिँदै सोनु सुदले कंगनामाथि कडा टिप्पणी गरेका छन् । उनले भनेका छन्, ‘मणिकर्णिकाका टीमलाई बेस्ट अफ लक भन्न चाहन्छु । कंगना मेरी राम्री साथी हुन् र रहनेछिन् । तर उनी लगातार मसँग वुमेन कार्ड, भिक्टिम कार्ड खेलिरहेकी छन् । यो गलत हो।’

सोनु सुदले फिल्मको निर्देशकमा जेन्डर इस्यू नहुने बताए । उनले आफूले फराह खानसँग काम गरेको उदाहरण दिँदै जेन्डरभन्दा पनि क्षमतामा भर पर्ने बताएका छन् । फिल्मबाट सोनु बाहिरिएकाले उनी रहेका दृश्य फेरि शुट गरिने कंगनाले जानकारी दिएकी छन् । उनले सोनुले समय नदिएको र महिला निर्देशकसँग काम गर्न नामनेकाले उनको स्थानमा अर्का अभिनेता लिनुपरेको बताइन् ।

मैले जिन्दगीमा जे पाएँ सबै लडेरै पाएकी छु-कंगना रनावत