कंगाल भईन् भनिएकी किमले दिईन् यस्तो जवाफ

सिनेमा ‘मोहब्बतेँ’मा काम गरेर चर्चामा आएकी अभिनेत्री किम शर्मा पतिले छाडेर कंगाल भएको र मुम्बईमा जागिर खोजी रहेको खबर केही दिन अघि मात्रै प्रकाशित भएको थियो । त्यस्तै किमका पतिले उनलाई छाडेर अर्की महिलालाई डेट गरिरहेको खबर पनि थियो ।

kangal-kim

तर किमले यी खबरहरुको खण्डन गर्दै सबै खबरहरु गलत भएको बताएकी छिन् । उनले मिडियामा आएका सबै खबरहरु बकवास भएको बताउँदै आफू थाईल्याण्डको एक कन्सर्टमा सहभागी भएर आउँदा कंगाल भएको खबर सुनेर छक्क परेको बताएकी छिन् । उनले यसको जानकारी सामाजिक सञ्जालमा एक तस्विर सेयर गरेर दिएकी हुन् ।

विवाह पछि बलिउडबाट टाढिएर श्रीमानकै काममा सहयोग गरिरहेकी किम अचानक पतिसँग अलग हुँदा धेरैलाई उनी आर्थिक समस्या भएको र मुम्बईमा जागिर खोजीरहेको शंका लागेको थियो । तर आफू आथिर्क रुपमा सबल भएको किम स्वयमले बताएकी छिन् ।

किम मुम्बई आएपछि उनको नाम फेशन डिजाईनर अर्जुन खन्नासँग जोडिईसकेको छ । यी दुईले प्राय समय एक साथमा बिताउने गरेका छन् । यति मात्रै हैन किमले आफ्नो जन्मदिन पनि अर्जुनसँगै गोवामा मनाएकी थिईन् । अर्जुन विवाहित हुन् र उनकी पत्नीको नाम शेफाली हो ।