कक्षा १० को परीक्षा आगामी चैत ३ गतेबाट

ppjiiii

परीक्षा नियन्त्रण कार्यालयले २०७३ सालको कक्षा १० को वार्षिक परीक्षा आगामी चैत ३ देखि १४ गतेसम्म सञ्चालन गर्ने भएको छ । विगतमा एसएलसी परीक्षाका रूपमा रहेको यस परीक्षालाई अब एसईई बनाइएको छ ।

परीक्षा सञ्चालन समितिको शुक्रबार बसेको बैठकले पहिलो दिन चैत ३ गते अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा सञ्चालन गर्ने निर्णय गरेको छ ।

त्यस्तै, चैत ४ गते अनिवार्य नेपाली विषय, चैत ६ गते अनिवार्य गणित, चैत ७ गते अनिवार्य विज्ञान, चैत ८ गते सामाजिक शिक्षा, चैत ९ गते स्वास्थ्य, जनसङ्ख्या तथा वातावरण विषयको परीक्षा सञ्चालन हुनेछ ।