कक्षा ११ को परीक्षाफल सार्बजनिक, ५१.७१ प्रतिशत उत्तीर्ण

कक्षा एघारको परीक्षा सार्वजनिक भएको छ । परिक्षामा ५१ दशमलव ७१ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् ।

परीक्षा बोर्डले बिहीबार साँझ परीक्षाफल सार्बजनिक गरेको हो । सो  नतिजा अनुसार १ लाख ३७ हजार ६ सय ५ जना उत्तीर्ण भएका छन् ।

परीक्षामा २ लाख ६६ हजार १०३ परीक्षार्थी सहभागी भएका थिए ।

यसअघि मंसिर २१ गते बोर्डले कक्षा एघारको आंशिक तर्फको नतिजा सार्बजनिक गरेको थियो ।