कक्षा १२ को मानविकी, व्यवस्थापन तथा शिक्षा विषयको परीक्षाको नतिजा सार्वजनिक

परीक्षाको नतिजा

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को मानविकी, व्यवस्थापन तथा शिक्षा विषयको परीक्षाको नतिजा सोमबार सार्वजनिक गरेको छ । विज्ञान विषयको नतिजा भने गत साउन २३ गते प्रकाशित गरेको थियो ।

परिक्षा नियन्त्रक सन्तोष अर्यालका अनुसार १२ कक्षाको नियमित तर्फ ४८.१७ प्रतिशत विद्यार्थी उतिर्ण भएका छन् । नियमिततर्फ परिक्षामा एक लाख ७५ हजार ५ सय ९३ विद्यार्थी सहभागी थिएभने ८४ हजार ५ सय ९३ बिद्यार्थी उतिर्ण भएका छन् । त्यस्तै आंशिकतर्फ एक लाख २३ हजार १ सय २१ ले परिक्षा दिएकोमा ४८ हजार ७ सय ६३ जना उतिर्ण भएका छन् । यो ३९.५९ प्रतिशत हो ।

उच्च शिक्षा परिषद राष्ट्रिय परीक्षा बोर्डमा रुपान्तरण भएपछि पहिलो पटक नतिजा सार्वजनिक गरिएको हो ।

राष्ट्रिय परीक्षा बोर्ड

यो पनि हेर्नुस – कक्षा १२ को विज्ञान र संस्कृतिको परीक्षाफल प्रकाशित