कक्षा १२ को विज्ञान र संस्कृतिको परीक्षाफल प्रकाशित

NEBराष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को विज्ञान र संस्कृत विषयको नतिजा सार्वजनिक गरेको छ । परीक्षामा ७३.७७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

आइतबार बेलुकी बसेको बोर्डको परीक्षा समितिको बैठकले उक्त नतिजा सार्वजनिक गरेको हो ।

४० हजार ६ सय ३ जना परीक्षार्थीले दिएको उक्त परीक्षामा २८ हजार ९ सय ५२ जना उत्तीर्ण भएको जानकारी परीक्षा नियन्त्रक सन्तोष अर्यालले दिनुभएको छ ।

गत वर्ष उक्त परीक्षामा ७१.६५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।

यसै गरी आशिंकतर्फ विज्ञान र संस्कृत विषयका ४५.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । ९ हजार ८१ जनाले दिएको उक्त परीक्षामा ४ हजार ४ सय १४ जना पास भएका छन् । गत वर्ष आंशिक तर्फ ४४ प्रतिशत विद्यार्थी पास भएका थिए ।

शिक्षा ऐन शंसोधनसंगै उच्च माध्यमिक शिक्षा परिषद् राष्ट्रिय परीक्षा बोर्डमा रुपान्तरण भएपछि पहिलो पटक नतिजा सार्वजनिक गरिएको हो ।