कङ्गोकाे जातीय हिंसामा चौँतीस नागरिकको मृत्यु

congo

प्रजातान्त्रिक गणतन्त्र कङ्गोको पूर्वी तनावग्रस्त क्षेत्रमा भएको जातीय हिंसामा आइतबार कम्तीमा ३४ नागरिकको मृत्यु भएको जानकारी अधिकारीहरूले दिएका छन् ।

हुटु नगर लुहान्गामा नान्डे जातीय लडाकूले गरेको आक्रमणका बारेमा जानकारी दिँदै एक स्थानीय अधिकारी जोय बोकेलेले हालसम्म ३४ नागरिकको मृत्यु भएको जानकारी दिए ।

नान्डे जातीय लडाकूको एक समूहले प्रजातान्त्रिक गणतन्त्र कङ्गोको सेनामाथि आक्रमण गरेको र अर्को समूहले नागरिकमाथि धारिलो हतियार तथा गोली प्रहार गरेको बोकेलेले जानकारी दिए । उनले एक लडाकूको पनि मृत्यु भएको उल्लेख गरे ।

कङ्गोमा नेपाल हाउसको उद्घाटन