कङ्गोका कैयाैँ शरणार्थी जाम्बिया प्रवेश

kongoलोकतान्त्रिक गणतन्त्र कङ्गोका कैयौँं शरणार्थीहरु लगातार जाम्बियातर्फ प्रवेश गरिरहेका छन् ।

देशमा राजनीतिक अस्थिरताका कारण उनीहरु आफ्नो देश छाडेर छिमेकी देशतर्फ गएको राज्यद्वारा सञ्चालित आधिकारीक समाचार संस्थाले बुधबार जनाएको छ ।

आफ्नो कार्यकाल सकिदासमेत राष्ट्रपति जोसेफ कविलाले पद नछोडेकाले कङगोमा राजनीतिक तनाब बढ्दै गएको छ । जाम्बिया समाचार तथा सूचना सेवाका अनुसार जाम्बियाको उत्तरी क्षेत्रबाट २३३ जना शरणार्थी जाम्बिया प्रवेश गरेका छन् ।

जाम्बियाका गृहमन्त्री चिलेस मुलेङगाले कानुनपालना गराउने विभिन्न निकायसँग मिलेर उनीहरुको समस्या समाधान गर्नका लागि नजिकबाट काम भइरहेको बताउनुभयो ।

जाम्बिया रेडक्रस सोसाइटीले गतसाता सार्वजनिक गरेको तथ्याङकअनुसार कुल ३५० जना स्वयम्सेवक सीमा क्षेत्रको प्रवेशद्वारमा बसेर शरणार्थीका लागि काम गरिरहेका छन् ।  मानवअधिकारवादी सङ्घसंस्थाले पनि एक हजार भन्दा बढी शरणार्थीलाई गतहप्ता मात्रै विभिन्न सहयोग गरेको बताएका छन् ।