कच्चा तेलको मूल्य छ महिनायताकै उच्च

तेल बजार

ब्रेन्ट नर्थ सीको कच्चा तेलको मूल्य बिहीबार प्रति ब्यारेल ७५ अमेरिकी डलरभन्दा माथि पुगेको छ । यो विगत छ महिनाकै उच्च हो ।

संयुक्तराज्य अमेरिकाले इरानी तेलमाथिको प्रतिबन्धलाई थप कडाई गरेसँगै तेलको मूल्यमा बृद्धि भएको हो ।जुन महिनाका लागि प्रति ब्यारेल ७५.३५ अमेरिकी डलरको अर्डर छ जुन बुधबारको भन्दा ७८ सेन्ट बढी हो ।

डब्लुटीआईको मूल्यमा पनि प्रति ब्यारेल २७ सेन्ट बृद्धि भई ६६.१६ डलर पुगेको छ । यो बृद्धिसँगै डब्लुटीआईको मूल्यमा ६ महिनाकै उच्च हो ।

कच्चा तेलको मूल्य बढेपनि तत्कालका लागि पेट्रोलियम पदार्थको मूल्य नबढ्ने