कञ्चनजङ्घा हीरक महोत्सव सफल बनाउन आग्रह

mountain

श्रम तथा रोजगारमन्त्री सूर्यमान गुरुङले कञ्चनजङ्गा हीरक महोत्सव–२०७३ लाई सफल बनाउन सबैलाई आग्रह गर्नुभएको छ ।

महोत्सवलाई सफल बनाउनका लागि सम्बन्धित क्षेत्रका व्यक्ति एक भएर लाग्नुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो – “मेरो बाहिर जाने योजना थियो तर यही महोत्सवका लागि आज म रोकिएको छु ।”

महोत्सव मूल आयोजक समितिले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री गुरुङले पञ्चायतकालदेखि नै निषेधित क्षेत्रका रुपमा रहेको कञ्चनजङ्घा हिमाललाई आफूले स्व राजा वीरेन्द्रलाई सार्वजनिक रुपमै भनेर प्याकेजका रुपमा आरोहणका लागि ढोका खोलेको बताउनुभयो ।

सो हिमाल आरोहरणका लागि मात्रै नभएर नेपाल र भारतको सिमाना छुट्याउन सहयोग पु¥याएको जानकारी दिँदै उहाँले भन्नुभयो – “कञ्चनजङ्घा भारतको भूमिबाट आधार शिविरसम्म आरोहणको अनुमति थियो, हामीले प्रवेश गर्न पाउँदैन थियौँ, राजा वीरेन्द्रको पालामा प्याकेजमा आरोहण गर्नको लागि खुल्ला गरिएको हो ।”

कार्यक्रममा समितिका सचिव बलबहादुर तामाङले विश्वका १४ अग्ला हिमालमध्ये कञ्चनजङ्घा तेस्रो स्थानमा पर्ने बताउँदै कञ्चनजङ्घा चढ्ने सबै आरोहीलाई सम्मान गर्ने योजना रहेको जानकारी दिनुभयो ।

यही मङ्सिर ७ देखि ९ गतेसम्म ताप्लेजुङको सुकेटारमा हुने उक्त महोत्सवमा पर्वतारोहीलाई सम्मान गर्ने, सरसफाइ गर्ने, सांस्कृतिक कार्यक्रम गर्ने, व्यापक मेला, साहसिक तथा मनोरञ्जनात्मक कार्यक्रम, कञ्चनजङ्घा हिमालको अवलोकन, वृत्तचित्र तथा तस्बिर प्रदर्शनी, स्वास्थ्य शिविरलगायत कार्यक्रम गरिने आयोजकले जनाएको छ ।

यसको उचित प्रचारप्रसार गर्न ब्रिटिस सर चाल्र्स इभान्सको नेतृत्वमा सन् १९५५ मे २५ मा जो ब्राउन र जर्ज क्रिष्टोफर ब्यान्डले कञ्चनजङ्घा पहिलोपटक सफल आरोहरण गरेको ६० वर्षको अवसरमा यो हीरक महोत्सव गर्न लागेको बताइएको छ ।