नेपालमा छापा मार्न आएका भारतीय प्रहरी स्थानीयद्वारा पक्राउ

नेपालमा छापा मार्न आएका भारतीय प्रहरी
कञ्चनपुरको बेलौरीमा एक स्थानीयको घरमा हतियारसहित छापा मार्न आएका भारतीय प्रहरीमध्ये दुई जनालाई स्थानीयले पक्राउ गरी प्रहरीको जिम्मा लगाएका छन्।

बेलोरी नगरपालिका १४ का स्थानीय झुपबहादुर शाहीको घरमा खानतलासी गर्न भन्दै आएका १४ जना भारतीय प्रहरीको जत्था स्थानीयको प्रतिकारपछि भागेका हुन् ।

भारतीय प्रहरीमध्ये १२ जना भागे पनि दुई जनालाई स्थानीयले पक्राउ गरी प्रहरीको जिम्मा लगाएका थिए । स्थानीय भोडा चौकीले ती भारतीय प्रहरीलाई कञ्चनपुर जिल्ला प्रहरी कार्यालय बुझाएको छ।

आजको अन्नपूर्ण पोष्टमा समाचार छ ।

यो पनि हेर्नुहोस्-किन कुटछन् भारतीय प्रहरीले नेपाली ट्यांकर चालक ?