कञ्चनपुरमा दुई बालिका बलात्कृत : एकजना पक्राउ

निर्मला पन्तको बलात्कार र हत्या प्रकरणले उग्ररुप लिइरहेको र प्रहरीले अपराधी पक्राउ गर्न नसकेको भन्दै काठमाडौं तातिरहेका बेला कञ्चनपुरमा दुई जना छ वर्षका बालिका बलात्कृत भएकी छिन् ।

समाचार अनुसार ती दुई बालिकालाई चकलेट दिई बलात्कार गरेको आरोपमा कञ्चनपुरको बेलडाँडी गाँउपालिका– २ ढकनियाका ५७ वर्षीय राजेन्द्र विष्टलाई प्रहरीले शनिबार पक्राउ गरेको छ ।

दुई जना बालिकालाई विद्यालयबाट फर्कने क्रममा चकलेट दिएर कोठामा लागि बलात्कार गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो । भदौ १५ गते विष्टले दुवै जना बालिकामाथि बलात्कार गरेका भए पनि बालिकालाई मार्ने धम्की दिँदा बालिकाले अभिभावकलाई सो कुरा नभनेको इलाका प्रहरी कार्यालय बेलडाँडीका प्रहरी निरीक्षक सुरेन्द्र बमले बताउनुभयो ।

शुक्रबार बलात्कार भएकामध्ये एक बालिकाले आफ्नी आमालाई बाजेले हामीमाथि अनैतिक कार्य गरेको भनेपछि अभिभावकले विष्ट विरुद्ध इलाका प्रहरी कार्यालयमा मौखिक उजुरी गरेका हुन् । मौखिक उजुरीका आधारमा विष्टलाई प्रहरीले पक्राउ गरेको छ ।

“प्रारम्भिक बयानमा विष्टले दुवै बालिका आफ्ना नातिनी जस्ता भएकाले बलात्कार जस्तो अनैतिक कार्य नगरेको बताएको छ”, प्रहरी निरीक्षक बमले भन्नुभयो । यथार्थ पत्ता लगाउन स्वास्थ्य परीक्षण गरिएको र सोही आधारमा कारवाही प्रकृया अगाडि बढाइने बताइएको छ ।

बलात्कारीको आँखा फुटाउने तालिम दिँदै प्रहरी