कञ्चनपुरमा प्रभु मनि ट्रान्स्फरको सेवा

prabhu

विदेशबाट नेपालमा रकम पठाउने सबभन्दा भरपर्दो र व्यापक सञ्जाल भएको प्रभु मनि ट्रान्स्फर प्रा.लि.ले सुदूरपश्चिमको कञ्चनपुरमा सेवा विस्तार गरेको छ । मंगलबार प्रभु र ञ्चनपुरको घोडीघोडा लघुवित्त वित्तिय सस्था लि.बीच रेमिटेन्स सम्झौता सम्पन्न भएको छ ।

सम्झौतापत्रमा प्रभु मनि ट्रान्स्फरकातर्फबाट नायब महाप्रवन्धक रामेश्वर सापकोटा तथा घोडीघोडा लघुवित्तका तर्फवाट प्रमुख कार्यकारी अधिकृतश्री कुन्नानारायण चौधरीले हस्ताक्षर गर्नुभएको छ ।

कञ्चनपुर जिल्लाको श्रीपुरमा प्रधान कार्यालय रहेको लघुवित्तको विभिन्न १० वटा जिल्लाको स्ीवकृति रहेको छ । हाल लघु वित्तको प्रधान कार्यालय श्रीपुरबाट मात्र कारोवार संचालन गर्ने र आगामी दिनहरुमा क्रमैसंग कारोवार विस्तार गर्दै जाने योजना रहेको लघुवित्तका प्रमुख कार्यकारी अधिकृत चौधरीले जानाकारी गराउनु भयो ।

सिन्धुलीमा प्रभु बैंकको नयाँ शाखा सञ्चालन