कञ्चनपुर घटनाका दोषीलाई कारबाही हुन्छः नरेन्द्र मोदी

उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधि र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बीच भेटवार्ता भएको छ ।
शुक्रबार प्रधानमन्त्री कार्यालयमा भारतीय प्रधानमन्त्री मोदी र गृहमन्त्री निधिबीच करिब २५ मिनेट भएको भेटवार्ता भएको हो । भेटमा कञ्चनपुरमा एक साता अघि एसएसबीको गोली लागेर मारिएका नेपाली गोविन्द गौतमप्रति दुख व्यक्त गर्दै मोदीले घटनाको निष्पक्ष छानविन हुने बताएका थिए ।
उनले घटनामा एसएसबी दोषी पाइए कारबाही हुने बचन समेत दिएको मन्त्री निधिले बताए ।