कञ्चनपुर पुनरवासबाट १८ किलो सुन बरामद

सुन

कञ्चनपुर पुनरवास नगरपालिका–२ स्थित स्थानीय शङ्कर विकको घरमा लुकाएर राखेको १८ किलो सुन प्रहरी र सिआइबीको टोलीले बरामद गरेको छ । बरामद गरेको सुन जिल्ला प्रहरी कार्यालयमा ल्याउँदै गरेको कञ्चनपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक कुँवेर कडायतले जानकारी गराउनुभयो ।

सुन बरामद विशेष सुराकीको आधारमा गरिएको भएपनि कोही पक्राउ परेका छैनन् । सुन लुकाएर राख्नेको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।

गोरखामा दश किलो सुन बरामद, तस्करले दिएको पाँच किलो सुनको प्रस्ताव अस्वीकार गर्ने प्रहरी पुरस्कृत