दुई सन्ततिको हत्या गरेकी महिलाको मृत्यु

kanchaanpurआफ्ना दुई छोराछोरीलाई विष सेवन गराएर हत्या गरेकी कञ्चनपुरको बेलौरी नगरपालिका–१४ भुडाकी २४ वर्षीया बसन्ती चौधरीको उपचारका क्रममा मृत्यु भएको छ ।

श्रीमान् रामलाल चौधरीसँगको सामान्य घरायसी विवादका कारण ४ वर्षीय छोरा दीपेश र ७ वर्षीया छोरी जस्मीनलाई उखुबारीमा लगेर हत्या गरेकी बसन्तीले आफूले पनि विष सेवन गरेकी थिइन ।

प्रहरीको सहयोगमा स्थानीयले बसन्तीलाई तत्काल उपचारका लागि धनगढीस्थित सेती अञ्चल अस्पताल पु¥याएका थिए । तर उनको आइतबार साँझ उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

छोराछोरीलाई आइतबार बिहान स्कूल पु¥याउन हिँडेकी बसन्तीले श्रीमान्सँगको विवादकै कारण उखुबारीमा गएर सो घटना घटाएको प्रहरीले जनाएको छ । स्कूल बिदा भइसक्दा पनि छोराछोरी घर नआएपछि गाउँमै रहेको स्कूल पुगेका रामलाललाई शिक्षकले स्कूलमा हाजिर नभएको जानकारी गराएका थिए । उखुबारीमा जस्मीन छट्पटाइरहेको अन्य स्कूले विद्यार्थीले देखेपछि तत्काल गाउँले उखुबारीमा पुगेका थिए । प्रहरीका अनुसार दीपेशको उखुबारीमै मृत्यु भइसकेको थियो भने जस्मीनको स्थानीय कलकत्ता स्वास्थ्य चौकीमा उपचारका क्रममा मृत्यु भएको थियो ।

इलाका प्रहरी कार्यालय बेल्डाँडीका प्रमुख प्रहरी निरीक्षक गिन्द्र बोगटीले परिवारका तीनै जनाको मृत्यु भएपछि रामलाल चौधरी पनि बेहोस भएका छन् । उनको महाकाली अञ्चल अस्पतालमा उपचार हुँदैछ । प्रहरीका अनुसार आइतबार उपचारका क्रममा रहेकी बसन्तीले श्रीमान्सँगको विवादको झोकमा आफूले घटना घटाएको बयान दिएको प्रहरीले जनाएको छ ।

दुई बालबालिकाको रहस्यमय मृत्यु

दुई बालबालिकाको रहस्यमय मृत्यु

kanchanpur..कञ्चनपुरको बेलौरी नगरपालिका–१४ भुडास्थित राना टोलमा दुई बालबालिको रहस्यमय मृत्यु भएको छ ।इलाका प्रशासन कार्यालय बेल्डाँडीका अनुसार स्थानीय रामलाल चौधरीका चार वर्षीय छोरा दिपेश र सात वर्षीया छोरी जस्मीनको शव मृत अवस्थामा उखुबारीमा भेटिएको हो भने छोराछोरीलाई विद्यालय पु¥याउन हिँडेकी रामलालकी २४ वर्षीया श्रीमती बस्नती नजिकैको उखुबारीमा बेहोस अवस्थामा भेटिएकी छिन् ।

विद्यालय छुट्टी भइसकेपछि पनि श्रीमती र बालबालिका घर नफर्केपछि रामलाल उनीहरुको खोजीमा निस्किएका थिए । विद्यालयमा शिक्षकले बालबालिका उपस्थित नभएको बताएपछि खोजी गर्ने क्रममा श्रीमती, छोरा र छोरी उखुबारीमा भेटिएको प्रहरीले जनाएको छ ।

बेल्डाँडी प्रहरीका अनुसार रामलालका छोरा मृत तथा श्रीमती र छोरी बेहोस अवस्थामा फेला परेका थिए । छोरी जस्मीनको उपचारका क्रममा स्थानीय कलकत्ता स्वास्थ्य चौकीमा मृत्यु भएको बताइएको छ भने श्रीमती बसन्तीको कैलालीको धनगढीस्थित सेती अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उखुबारीमा विषादीको बोतल भेटिएकाले घटना थप रहस्यमय बनेको प्रहरीले बताएको छ ।

यो पनि पढ्नुहोस्:देशैभर मौसममा खराबी

साढे पाँच महिनामा नौ जनाको हत्या

कञ्चनपुर
कञ्चनपुर

कञ्चनपुरमा पछिल्ला केही महिनामा जघन्य अपराधका घटनाहरु बढेको देखिएको छ । बितेको साढे पाँच महिनामा मात्रै कञ्चनपुरमा ९ जनाको हत्या भएको छ ।

कञ्चनपुर प्रहरीको तथ्याङ्कमा छोटो समयमा यति धेरै हत्याका घटना भएको यो पहिलो पटक हो । हत्याका घटनाहरु बढ्दै जानुले सर्वसाधारणमा त्रास फैलिएको छ भने प्रहरी सुरक्षामा चुनौती थपिएको छ । गत फागुन यता चार महिला, चार पुरुष र एक बालकको गरी नौ जनाको हत्या भइसकेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । विसं २०७२ फागुनको दोस्रो सातादेखि सुरु भएको हत्या शृङ्खला साउन १८ गतेसम्म आइपुग्दा पनि रोकिएको छैन ।

गत साउन ९ गते भीमदत्तनगरपालिका–११ का २४ वर्षिय रोहित विष्टको हत्या गरी भुजेला खोलामा फालिएको अवस्थामा भेटियो । उक्त घटनामा संलग्न भनिएका स्थानीय तीन युवक पक्राउ परेका छन । रोहित हत्या काण्ड भएको नौ दिनपछि आइतबार राति वाइसेविचुगा गाविस–७ का चन्द्र बहादुर ठकुल्लाले आफ्नै श्रीमती लक्ष्मी देवी ठकुल्लाको कुटपिट गरी हत्या गरे । कुटपिटमा संलग्न चन्द्रसहित प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिरहेको छ ।

विसं २०७२ फागुन १६ गते आफ्नै होटलमा झलारीपिपलाडी नगरपालिकाका दामोदर अवस्थीको घाँटी रेटेर राति होटलभित्र हत्या भयो । उनको हत्यामा संलग्न झलारीपिपलाडी नगरपालिका–११ का केही युवा पक्राउ परे । कलुवापुर बजारमा बैतडी होटल सञ्चालन गरिरहेका अवस्थीलाई युवाको समूहले सँगै होटलमा मादक पदार्थ सेवन गरेर हत्या गरेका थिए । त्यसैगरी भीमदत्त नगरपालिका–१८ गोवरियामा स्थानीय विष्णु भट्टले आफ्नो नाबालक छोराको वीभत्स हत्या गरे । हत्या पछि फरार भएका भट्ट अझै फेला परेका छैनन् ।

त्यस लगत्तै दैजीमा विष्णु भट्टको हत्या गरी शव पूर्व पश्चिम राजमार्गमा फालिएको अवस्थामा भेटियो । बेदकोट नगरपालिकाका भट्टको गत चैत ६ गते हत्या गरी दुर्घटना भएको देखाउन राजमार्गमा ल्याएर फालिएको प्रहरी बुझाइ छ । उक्त घटनामा जिल्ला प्रहरी कार्यालयको टोली अनुसन्धानमै जुटे पनि हत्या पत्ता लगाउन सकेको अवस्था छैन ।

त्यसैगरी गत वैशाख २३ गते राति भीमदत्तनगरपालिका–४ बजारको मुटुमै रहेको संगम होटलमा दुई जना मजदुरको हत्या भयो । यो घटनामा थप एक मजदुर गम्भीर घाइते हुन पुगे । यो घटनामा बाजुराका भीम रोकाया र कञ्चनपुरको बेदकोट नगरपालिकाका कृष्ण विष्टले ज्यान गुमाए ।

दैजी घटनामाथिको प्रहरी अनुसन्धान अझै पूरा हुन सकेको छैन । हत्या गरिएका विष्टका आफन्तहरुले हत्यारालाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरिरहेका छन् । यसैबीच कञ्चनपुरको पुनर्वास नगरपालिकामा २४ वर्षीया बासमती रानालाई जलाएर उहाँकै श्रीमान्ले हत्या गरे । उक्त घटनामा उहाँका श्रीमान् राजकुमार राना अहिले प्रहरी कारबाहीमा छन् ।

त्यस्तै, गत जेठ १८ गते यहाँको बेदकोट नगरपालिका–१ चम्फापुरका रामदुलारी रानाको हत्या भयो । जेठ १८ मा हराएकी राना २२ गते मृत अवस्थामा भेटिएकी थिइन् । रानाका श्रीमान् वैदेशिक रोजगारको सिलसिलामा मलेसियामा छन् । उक्त घटनाका आरोपित स्थानीय प्रकाश मल्ल पुर्पक्षका लागि कारागार चलान गरिएका छन् ।

त्यसैगरी कृष्णपुर नगरपालिका–३ छोटी किँचाइमा स्थानीय केशव बोहराले श्रीमती माया बोहराको जेठ २४ गते राति हत्या गरेर शव नजिकैको गाईगोठमा खाल्डो खनेर गाडेको अवस्थामा फेला प¥यो । घटनाका अभियुक्त बोहराले परपुरुषसँग श्रीमतीको शारिरीक सम्बन्ध रहेको थाहा पाएपछि हत्या गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक तुलसी प्रसाद अधिकारीले हत्या, हिंसालगायतका अपराध नियन्त्रणमा नागरिक समाज स्वयम् सचेत हुनुपर्नेमा जोड दिनुभयो ।

‘घर घरमा हुने अपराध प्रहरीले नियन्त्रण गर्न सम्भव हुँदैन,’ उहाँले भन्नुभयो – ‘घटना हुन नदिन सबै नागरिक समाज, स्थानीय बासिन्दा र सचेत वर्गले पनि सहयोग गर्नुप¥यो ।’

स्थानीयवासीले सुरक्षा चुनौती बढेको बताउँदै नागरिकको सुरक्षामा जोड दिन सरकारसँग माग गरिरहेका छन् ।

महाकाली अञ्चल प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रामप्रसाद श्रेष्ठले अञ्चलमै सबैभन्दा बढी अपराधका घटनाहरु कञ्चनपुरमा बढिरहेको बताउनुभयो । ‘बाँकी तीन पहाडी जिल्लाको तुलनामा कञ्चनपुरमा ७० प्रतिशत अपराधका घटनाहरु भएका छन्,’ प्रहरी वरिष्ठ उपरीक्षक श्रेष्ठले भन्नुभयो – ‘घटना, आपराधिक क्रियाकलाप नियन्त्रण गर्न नागरिक समाज, सामाजिक सङ्घ संस्था र आम नागरिक जागरुक हुनुप¥यो ।’ गरिबी, मादक पदार्थ सेवन, वैदेशिक रोजगार लगायतका कारण हत्याका घटनाहरु बढिरहेको उहाँको भनाइ थियो ।

श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु