कञ्‍चनपुरमा मतदान चलिरहेका बेला बम बिष्फोट

कञ्‍चनपुर

स्थानीय तहको दोस्रो चरणको निर्वाचन चलिरहेको बेला कञ्चनपुरमा बम बिष्फोट भएको छ ।

कञ्चनपुरको सदरमुकाम महेन्द्रनगर स्थित भृकुटी उच्च माध्यमिक विद्यालयको नजिक बिष्फोट भएको हो । बम कसले बिष्फोट गरेको भन्नेमा प्रहरीले अनुसन्धान गरिरहेको छ । निर्वाचन विथोल्न र मतदातालाई भयभित गर्न बिष्फोट गराएको हुन सक्ने प्रहरीको आशंका छ ।

बिष्फोटबाट कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।