कटप्पाकी छोरी दिव्याले मोदी लाई किन लेखिन चिठी ?

चर्चित सिनेमा बाहुबली र बाहुबली –२ बाट चर्चा कमाएका सत्यराज अर्थात कटप्पाकी छोरी दिव्या सत्यराज आज भोली चर्चामा छिन ।

भारतीय सञ्चार माध्यमका अनुसार दिव्याले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई चिठी लेखेकी छिन । दिव्याले चिठीमा मोदी संग केही फर्मास्क्यूटिकल कम्पनीलाई एक्शन लिन माग गरेकी छिन ।

पेसाले न्यूट्रिशनिस्ट दिव्याका अनुसार अमेरिकन कम्पनीले उनीहरुलाई आफ्नो सामान वितरण गर्न जबरजस्ती गरिरहेका छन । त्यो सामानबाट आँखा खराब हुने समस्या हुन सक्ने जिकीर गरिएको छ ।

दिव्याले फर्मा कम्पनी संग कुराकानी गर्न खोज्दा उनी माथी राजनैतिक दबाव आएको दाबी गरेकी छन । यही कारण उनले प्रधानमन्त्रीबाट पहलकदमीको आशा सहित चिठी लेखेकी हुन ।