कट्रिनाको फिल्म फ्लप हुनुको कारण

कट्रिना केफको फिल्म “बार बार देखो” रिलिज हुने क्रममा छ । केही समय अघि रिलिज भएको उनको फिल्म फितूर र फ्यानटमले खासै राम्रो गर्न सकेनन् । फिल्म फ्ल्प भएसँगै कट्रिनाको करियर पनि डामाडोल भयो ।

katrina

उनको एक्टिङ्गलाई लिएर धेरै प्रश्नहरु उठे। एसेन्जीसँग कुराकानी गर्दै कट्रिनाले यसको कारण बताएकी छिन् । उनले भनिन्, “मैले दुबै फिल्ममा बेईमानी गरेको थिएँ । मैले सत्त प्रतिशत काम गर्न सकिन । त्यसबेला मेरो ध्यान काममा भन्दा अन्त कतै थियो ।

मेरो प्राथिमिकता अरु नै कुरा थियो। पछि यो कुरा फिल्ममा देखियो। मैले कोशिश नगरेकी पनि हैन ।” कट्रिनाका अनुसार उनले फितूरमा धेरै मेहनत गरेकी थिइन् । फितुरकै लागि समय दिन उनले अरु कुनै फिल्म साइन गरिनन् । उनले भनिन्, “सायद मेरोे मेहेनत अझै पुगेको थिएन होला।

त्यो फिल्ममा बेईमानी गर्नु मेरो गल्ती हो। यो म मान्छु। तर, त्यही अनुभवले मलाई जीवनमा धेरै कुरा सिकाएको छ। अब आउने फिल्ममा त्यस्तै गल्ती नगर्न कोसिस र्गछु ।” उनीअहिले निर्देशक अनुराग बासुको फिल्म “जग्गाजासूस” को सूटिङ्गमा व्यस्त छिन् ।

अनुराग बासुले पनि ब्रेकअप पछि उनमा आएको परिवर्तनका बारे कुरा गरेका थिए । उनले भने, “कट्रिनाले ब्रेक अपका कारण फिल्ममा कुनै बाधा आउन दिएकी छैनन् । ब्रेकअप पछि उनी झन् काममा सक्रिय भएकि छिन् ।” जग्गा जासूस कमेडी ड्रामा हो । फिल्ममा उनी रणवीर कपूर सँग देखिने छिन् । फिल्म २०१७ अप्रिल ७ मा रिलिज हुने छ।