कट्रिनालाई सहयोग गर्दै सलमान

katrina-salman

कट्रिना कैफ र सलमान खानविच मन मुटाव भएको सन्देश फैले लगत्तै धेरैले अनुमान गरे । अब सलमान-कट्रिनाको बोलचाल सदाको लागि बन्द हुन्छ ।

तर, आम दर्शकले सोचे जस्तो भएन उनीहरुको सम्बन्ध । ‘टाइगर जिन्दा है’मा फेरि सलमान कट्रिनाले अंगालो मारेर अभिनय गरेनन् मात्रै अहिले कट्रिनालाई आमिरको हिरोइन बनाउनका लागि मरिमेटेर लागेका छन् सलमान ।

आमिरको मुख्य भुमिका रहने ‘ठग्स अफ हिन्दुस्थान’का लागि अहिलेसम्म हिरोइन खोज्ने काम जारी छ । परिणिती चोपडादेखि श्रद्धा कपुर, वाणी कपुर र आलिया भट्टसँग समेत कुरा भैसक्यो । तर, आलियाले आफुले काम नगर्ने जानकारी दिइसकेकी छिन् ।

आलियाले काम नगर्ने पक्का भएपछि अहिले सलमान प्रोडक्सन हाउससँग कट्रिनालाई काम गराउने विषयमा कुरा गर्दैछन् । ठग्स अफ हिन्दुस्थानमा अमिताभ बच्चनले समेत अभिनय गर्ने भएका छन् । उक्त फिल्मको निर्देशन विजय कृष्णा आचार्यले गर्ने भएका छन् ।