कट्रिनाले दबाइन सलमानको गला

कट्रिना कैफ र सलमान खान पूर्व प्रेमजोडी हुन् । पछि कटरिनाको साठगाँठ रणबीर कपुरसँग बढ्यो । अहिले उनीहरुबीच पनि ब्रेकअप भइसकेको छ र कटरिना पुरानै प्रेमीकहाँ फर्किएकी छिन् ।

salman-katrina-2

के पनि सुनिन्छ भने, कट्रिनाको करियरको हरेक निर्णय सलमानले लिने गरेका छन् । सलमानकै परामर्शमा मात्र कटिरना अघि सर्ने गरेकी छिन् । त्यसो त यिनीहरुबीच अफेयर चलोस् वा नचलोस्, फिल्म खेल्ने क्रममा कहिं कतै जोडिनै पर्छ ।

यसरी फिल्म सेटमा भेट हुँदा पनि यिनीहरु रोमान्स गर्छन् । एकअर्कासँग ठट्टा, रमाइलो गर्छन् । यस्तै रमाइलो गरिरहेको फोटो बाहिर आएको थियो, सलमान र कटरिनाको पनि । २०१२ मा सार्बजनिक भएको फिल्म ‘एक था टाइगर’को गीत माशाल्लाहको छायांकनमा कटरिनाले सलमानको गला दबाइरहेको फोटो देखिएको हो ।