कट्रिना पाउदा खुशी छन् सलमान

बलिउड अभिनेता सलमान खान आफ्नी पूर्व प्रेमिका कट्रिना कैफसँग काम गर्दा निकै खुशी देखिएका छन् । सलमानको यो खुशी उनको ट्विटरमा झल्किएको छ । सलमानले कट्रिनासँग आफू काममा फर्किएको बताएका छन् ।

katrina-salman

सलमानले ट्विटरमा फिल्मको एक तस्बिर सार्वजनिक गरेका छन् । जसमा उनले लेखेका छन्-‘ब्याक विथ कट्रिना कैफ’ ।
तस्बिरमा सलमान र कैफको जोडी निकै सुहाएको छ ।

‘एक था टाइगर’ पछि यो जोडीले काम गरेको थिएन । तर, अहिले यी दुई अष्ट्रियामा ‘टाइगर जिन्दा हे’को छायायंकनमा व्यस्त छन् ।