कट्रिना र रणवीरको प्याचअप !

ब्रेकअपका कारण अभिनेत्री कट्रिना कैफ र रणवीर कपूर सिनेमा जग्गा जासुसको प्रमोशनमा नहिड्ने खबर थियो । तर निर्देशक अनुराग बासुले उनीहरुको प्याचअप गराईदिएका छन् । अब  र रणवीर एक साथ सिनेमाको प्रमोशनमा हिड्ने भएका छन् ।

ranveer-katrina

कट्रिनाले सार्वजनिक रुपमै धेरैपटक रणवीरसँगको ब्रेकअपका बारेमा बोलेकी छिन् । उनले ब्रेकअप भएपछि रणवीर आफ्ना सेक्रेट म्यासेजहरु लिक गरेको आरोप समेत लगाएकी थिईन् । तर रणवीरले भने यसमा कुनै प्रतिक्रिया जनाएनन् ।

पछिल्लो समयमा कट्रिना रणवीरका मिल्ने साथी आदित्य रोयसँग नजिकिएका कारण चर्चामा छिन् ।उनीहरु सिनेमा फितुरमा काम गरेपछि एकअर्काको नजिक आएका हुन् । पछिल्लो समय उनीहरु धेरैपटक पार्टीहरुमा एक साथ देखिएका छन् ।