चलचित्र विहिन कट्रीना टिभी सो तिर देखिने संकेत

katrina

पछिल्लो समय बलिउड सेलिब्रेटीहरु टेलिभिजन सोतिर देखिएका छन् । साहिद कपुर, ज्याकलिन फर्नान्डिस, सिल्पा सेठ्ठी झै अब बलिउड चर्चित नायिका कट्रीना कैफले पनि आफुलाई टेलिभिजन सोतिर व्यस्त बनाउने संकेत देखिएकी छन् ।

आफु अभिनित पछिल्ला दुइ चलचित्र ‘ फितुर ’ र ‘ बारबार देखो’ दुवै फ्लप भएपछि कट्रीनाको हातमा अहिले एउटा चलचित्र पनि छैन । सोही फुर्सदमा उनले आफुलाई टिभी सो धैरै नै मन पर्ने बताएकी हुन् ।

यसै आधारमा भारतिय संचार माध्यमले हातमा एउटा पनि चलचित्र नभउपछि उनी टेन्सनमा रहेको र टिभी सोतिर चियाहुन थालेको दाबी गरेका छन् ।

कट्रीनाले चलचित्रको लागि थुपै्र निर्माता निर्देशकसँग हारगुहार गरे पनि केही उपलब्धी हासिल नभएपछि उनी टिभी सोमा देखिने संभावना बढेको हो ।

उनले अभिनय गर्ने भनिएको ‘एक था टाइगर–२’ को सुटिङ अर्काे साल मात्रै सुरु हुने भएको छ । फवाद खानले कैटरिनालाई लिएनन् ।

आनन्द एलले साहरुखसँग गर्न लागेको फिल्ममा पनि कैटरिनालाई नलिने पक्का भइसकेको छ ।रणवीर कपुरसँगको उनको फिल्म ‘जग्गा जासुस’को सुटिङ सकिइसकेको छ । त्यो फिल्म आगामी वर्षको अप्रिलमा प्रदर्शन हुँदैछ ।

त्यसको प्रमोसन २०१७ को मार्चमा मात्र सुरु हुनेछ । त्यसकारण अबको ६ महिना कैटरिनाको कुनै काम नभएको समाचार एजेन्सीले उल्लेख गरेका छन् ।