कण्डमको प्रयोग नगरेकै कारण दैनिक चार सयको मृत्यु

condomएक अध्ययनमा देखाए अनुसार दक्षिण अफिकामा एचआइभी एड्सको संक्रमणका कारण दैीनक चार यस जनाले ज्यान गुमाउने गरेको पाईएको छ ।

गएको वर्ष मात्रै ५ लाख भन्दा धेरै मानिस एचआइभी संक्रमित भएको पाईएको छ । दक्षिण अफ्रिकामा यौन सम्बन्धका बेला कण्डमको प्रयोग गर्ने क्रम घढ्दै गएपछि एचआइभिका कारण मृत्यु हुनेको संख्या बढेको छ ।

बिबिसीका अनुसार जहाँ हरेक हप्ता २७ सय युवा एचआइभी संक्रमित हुन्छन् । जसमध्ये ७४ प्रतिशत युवती रहेको तथ्यांक छ । अन्तराष्ट्रिय संचार संस्थाहरुका अनुसार एचआइभीका कारण दक्षिण अफ्रिकामा हरेक वर्ष एक लाख ४० हजारको मृत्यु हुने गरेको छ ।


यौनरोग थाहा हुनेबित्तिकै रङ्ग बदल्ने कण्डम