कतारका विमानमाथि साउदी र इजिप्टको प्रतिबन्ध

कतारसँग कुटनीतिक सम्बन्ध तोडेका इजिप्ट तथा साउदी अरेबियाले आफ्नो कदमलाई थप कडा पारेका छन् ।

इजिप्ट र साउदी अरेबियाले कतारका विमानलाई आफ्नो हवाई क्षेत्रमा उडन् नदिने भएका छन् । इजिप्ट र साउदी अरेबियाले कतारका विमानलाई आफ्ना हवाई क्षेत्र भएर उड्न नपाउने गरी प्रतिबन्ध लगाएका हुन् ।

यसअघि अरब क्षेत्रमा अस्थिरता बढाएको भन्दै सात छिमेकी देशले कतारसँग कुटनीतिक सम्बन्ध तोडेका थिए । बहराइन, इजिप्ट, युएई तथा साउदी अरेबियाले कतारसँगको हवाई, स्थल तथा समुद्री बाटो बन्द गरेका छन् ।

यस्तै यमन, लिबिया र माल्दिभ्सले पनि कतारसँगको कुटनीतिक सम्बन्ध तोडेका छन् । कतारले भने बिद्रोही समूह इस्लामिक स्टेट वा अरु कुनै त्यस्ता आतंककारी समूहलाई आफूले समर्थन नगरेको र आफ्नो देशमाथि उठाइएको कदम अनुचित रहेको बताएको छ ।

आतंकवाद प्रोत्साहन गरेको आरोप लगाउँदै कतारसँग तोडे चार देशले सम्बन्ध