नेपाल मगर संघ, कतारद्वारा ३५ औं मगर दिवस सम्पन्न

नेपाल मगर संघ, कतारले ३५ औं स्थापना दिवस विविध कार्यक्रम गरी कतारमा मनाएको छ । संघका कार्यवाहक अध्यक्ष शेरबहादुर रोका मगरको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रवासी आदिवासी जनजाति महासंघ, कतारका कार्यबाहक अध्यक्ष पुर्षोत्तम सुनुवारले प्रवासमा सबै जनजातीहरु एकै ठाँउमा भेला आफ्ना हितको पक्षमा लाग्नुपर्ने बताए ।

magar-katar

कार्यक्रममा सांस्कृतिक बाङ (राजा) रेशम आले मगर, गैरआबासीय नेपाली संघ, कतारका अध्यक्ष बिनेश तामाङ, मगर संघका प्रमुख सल्लाहकार भिम तरामु मगर, नेपाल पत्रकार महासंघ कतारका सचिव नवराज बिक र नेपाल प्रवासी आदिवासी जनजाति महासंघ संग आबद्ध मातृ संस्थाका प्रतिनिधिहरुले शुभकामना राखेका थिए । भाषालिपि तथा साहित्य बिभागका कार्यबाहक संयोजक अभिमत पुन मगर, कोषाध्यक्ष केशव राना मगर, महिला सदस्य खगी पुन मगरले मगर समुदायको बिषयमा चर्चा गरेका थिए ।

कलाकारहरु भुपेन्द्र रिखाम मगर, केशव राना मगर, रविन मगर, नरेन्द्र लायो मगर, तिलबिक्रम थापा मगर, जिना पुलामी मगर, जानू थापा मगर, रमा मगर, पुर्णिमा मगर, कैलास मगर, राजेश श्रेष्ठ , अमर लामा, किरण लामा र प्रकाश ओलीले मगर साँस्कृतिक झल्काउने हुररा, मारुनी, कौडा साथै नृत्यहरु प्रस्तुत गरेका थिए । कला तथा साँस्कृतिक बिभागका सचिव सोम थापा मगर सल्लाहकार डि एन मगर, लोकदोहोरी गायक बल बिक्रम थापा मगर र गायिका कमला गुरुङले सलोजो, आधुनिक र लोकदोहरी गीत प्रस्तुत गरेका थिए ।