कतारबाट धुमुर्स–सुन्तली फाउण्डेशनलाई सहयोग

धुमुर्स–सुन्तली फाउण्डेशनले रौतहटको चन्द्रपुर नगरपालीका वडा नं.८ को सन्तपुरमा बाढिपिडितका लागि निर्माण गरिरहेको एकीकृत नमूना सन्तपुर बस्ती निर्माणका लागि संखुवासभा समाज कतारले २५ हजार नगद सहयोग प्रदान गरेको छ ।

फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस)लाई संखुवासभा–काठमाडौ जर्नालिष्ट एसोसिएसन (एसकाज)ले सहयोग रकम हस्तान्तरण गरेको हो । सहयोग रकम बुझदै धुमुर्स–सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस)ले विदेशमा दुःख गरी कमाएर दिएको सहयोगको आफुहरुले सहि सदुपयोग गर्ने बताए ।

साथै उनले असोज ४ गतेबाट सुरु भएको वस्तीनिर्माण आगामी माघ २४ गते हस्तान्तरण गर्ने कार्यक्रम रहेको बताए । वस्ती निर्माणका लागि ५ करोड ७५ लाख खर्च हुने अनुमान गरिएको बताइएको छ ।

माझी, दुसाद, लोहार, मुसहर र हजाम जातजातिहरुको बसोवास रहेको सन्तपुर दलित वस्तीमा रहेका ४५ परिवारका २ सय ८० जनाको लागि यसअघि निर्माण गरिएका जस्तै बालमैत्री, अपाङ्गमैत्री र भूकम्प प्रतिरोधी ४५ वटा आवासीय घर, एउटा मन्दिर, सार्बजनिक धारा र शौचालयहरु, सामुदायिक भवन, पाहुना घर र पुरै वस्ती अवलोकन गर्ने भ्यु टावर समेत निर्माण गरिने फाउण्डेशनले जनाएको छ ।

धुर्मुस-सुन्तलीको गिरान्चौर बस्ती देखेर बलिउड स्टार राजपाल यादव चकित