कतारबाट नेपाल फोन गर्न नेपाल टेलिकमको सम्झौता

ntcनेपाल टेलिकम र कतारको दूरसञ्चार कम्पनी ओरिडु कतारबीच सहुलियत दरमा रोमिङ सुविधा उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको छ ।

सम्झौताअनुसार अब नेपाल टेलिकमका जिएसएम पोस्टपेड मोबाइल प्रयोगकर्ता कतारमा गएको समयमा पहिलेभन्दा सस्तो दरमा नेपालमा कल गर्न सक्ने टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

गत मङ्सिर ३० गते कतारमा सम्पन्न उक्त सम्झौतामा नेपाल टेलिकमका तर्फबाट प्रमुख व्यावसायिक अधिकृत प्रदीपराज उपाध्याय र ओरिडु कतारका तर्फबाट प्रमुख कार्यकारी निर्देशक खालिद अल मन्सुरीले हस्ताक्षर गर्नुभएको छ ।

आगामी पुस १७ गते नयाँ सम्झौता अनुसारको दर लागू हुनेछ । योभन्दा पहिले सन् २००६ अक्टोबर १२ मा नेपाल टेलिकम र ओरिडु कतारबीच अन्तर्राष्ट्रिय रोमिङ सेवासम्बन्धी सम्झौता भएको थियो । हाल सोही सम्झौताको महसुल दरलाई परिमार्जन गरिएको हो ।

अब नेपाल टेलिकमको फोर जी चल्ने