कतारमा गायिका ज्योति मगरसहित दर्जनौं कलाकारले बेजोड प्रस्तुति दिने

qtrji

आइबोस ग्लोबल कतारको दोश्रो संगतिक सौगातमा गायिका तथा मोडेल ज्योती मगर लगायत एक दर्जन राष्ट्रिय ख्याती प्राप्त कलाकार हरु सग कतारमा कार्यरत नेपाली समुदाय सग भेटघाट हुने पक्का भएको छ ।

 सागितिक बिभागका कार्यक्रम सयोजक गोपाल न्यौपानेले जानकारी गराए अनुसार यहि आउँदो डिसेम्बर ३० तारिख शुक्रवार साँझ सनैया स्थित एशियन टाउन ग्राण्ड मल संगै जोडिएको विशाल कन्सर्ट हलमा कार्यक्रम हुने स्थान समेत तय भएको हो।

आयोजक आइबोस ग्लोबल कतारको कार्यालयमा दोहाका केहीँ नेपालि समुदायका अगुवाइहरू, आयोजक परिवारका साथिहरू, कार्यक्रमका बिसेष सहयोगी शक्ति क्षेत्री, बिरेन्द्र कुमार याक्थुम्बा, रित कुमार श्रेष्ठ, कार्यक्रमका प्रमुख सल्लाहकार नेत्र न्यौपाने, लाइट नेपाल कतारका संवाददाता रुद्र शर्मा लगाएत अन्य उपस्थित ब्याक्तित्वोहरु सग वृहतरुपमा छलफल गरि कार्यक्रमलाइ कसरि सभ्य र भब्य बनाउन सकिन्छ भन्ने बिसयमा छलफल समेत छलफल गरेका छन् ।

कतारमा बिगतमा हुदै आएको कार्यक्रम भन्दा भिन्न मनोरन्जनात्मक सास्कृतिक कार्यक्रम प्रस्तुति रहने कार्यक्रम ब्याबस्थापक आस बहादुर गुरुंगले दाबी गरेका छन ।कतारमा कार्यरत सम्पूर्ण नेपाली समुदायहरुलाई कार्यक्रममा उपस्थित भइ सागितिक मनोरन्ज लिन कार्यक्रम संयोजक न्यौपानेले यसै समाचार मार्फत आह्वान समेत गरेका छन ।

नेपालबाट अतिथिका रूपमा आउने कलाकार हरुले विभिन्न सागितिक बिधामा भरपुर मनोरञ्जन दिने बताइएको उक्त कार्यक्रममा लोक दोहोरि गायिका तथा चर्चित मोडेल ज्योती मगर कार्यक्रमको मुख्य आकर्षक हुन भने साथमा अन्य राष्ट्रिय ख्याती प्राप्त कलाकारहरुमा आधुनिक गायकहरु प्रमोद खरेल, रुपकुमार राई चर्चित लोक दोहोरि गायक पशुपति शर्मा, गायिका सहिमा श्रेष्ठ हाँस्य कलाकार जितु नेपाल मुन्द्रे नृत्य निर्देशक तथा मोडेल शंकर बिसी, नायिका सुर्जनी केशी सागितिक कार्यक्रम उद्घोषिका रहने भएकी छिन, नृत्याङ्गना रश्मी तामांग, गायिका तथा मोडेल कोपिला गुरुङ मोडेल तथा निर्देशक स्मृति तिमिल्सिना लगायतका कलाकार हरुको बेजोड प्रस्तुति एउटै मञ्च बाट देख्न पाइने छ भने स्थानीय सांगितिक संस्थाहरुको पनि विविध प्रस्तुती राखिने भएको छ ।

२०१६ डिसेम्बर ३० साँझ ५ बजेबाट हुने सो कार्यक्रमको टिकट सुरक्षीत गर्नका लागि कार्यक्रम आयोजक सग सिधा सम्पर्क गर्न तथा अन्य थप जानकारी प्राप्त गर्न पोसटरमा भएको ब्यक्तिहरुको नम्बरमा सम्पर्क गर्न सकिने आयोजकले जानकारी गराएको छ ।

अष्ट्रेलियामा एकाएक चर्चित बने नेपाली युवा