कतारमा देउसीभैलो कार्यक्रम सम्पन्न

qtr

कुमार अविरल पन्थी- हिन्दु धर्मावलम्बीहरुको दोश्रो महान चाड शुभ दिपावलीको पावन अवसरमा गुल्मी सेवा समाज कतारले हरेक वर्ष मनाउदै आएको देउसी भैलो कार्यक्रम यस वर्ष पनि नज्मा स्थित अल नक्यान रेस्टुरेन्टको सभाहलमा भव्यताका साथ सम्पन्न गरेको छ ।

सस्थाका अध्यक्ष बुद्ध पाण्डेको सभापतित्व रहेको उक्त कार्यक्रममा गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका गल्फ सहसंयोजक उमेश अधिकारी प्रमुख अतिथि रहनु भएको थियो ।

गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका सदस्य हँसराज ढकाल क्षत्री, गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका कावा महासचिव तेज कटुवाल, नेपाल प्रवासी आदिवासी जनजाती महासंघ कतारका महासचिव पुर्षोतम सुनुवार, नेपाली जनसम्पर्क समिति कतारका महामन्त्री मोअजिज अलि, कतार नेपाली एकता समाजका सदस्य कमल आचार्य, नेपाल मगर संघ साखा कतारका अध्यक्ष महेन्द्र थापा मगर, नेपाल पत्रकार महासंघ कतार साखाका अध्यक्ष गणेश प्रसाद बन्जाडे, नेपाली महिला समाज कतारका कावा अध्यक्ष अमिना खान, गुल्मी सेवा समाज कतारका संरक्षक द्रोण बहादुर बस्नेत, प्रमुख सल्लाहकार शिव खड्का लगायत बिशेष अतिथि रहनु भएको थियो ।

कार्यक्रमको मुख्य आकर्षण रहेको देउसी भैलो कार्यक्रममा कार्यक्रम सह-संयोजक विएस, गुल्मेली कलाकारहरु सुसान्त, केसी, बिष्णु खत्री, धन पुन, बिरवल गुरुङ, विजय बस्नेत, लक्ष्मी गिरी, बिरु के.सी. सुरज बिसी लगायतका कलाकारहरुले प्रस्तुत गरेका थिए ।

कार्यक्रममा नेपाल मगर संघ शाखा कतारका कलाकारहरुले मगर समुदायमा नाचिने मारुनी नाच प्रस्तुत गरेर उपस्थित सबैलाई मनोरञ्जन प्रदान गरे ।

कोलोराडोमा १६ लायन्स क्लबहरुको अन्तरक्रिया कार्यक्रम सम्पन्न –