कतारमा निर्माण गर्दै गरेको भवनमा दुर्घटना हुँदा एक नेपालीको मृत्यु, एक घाईते

कतार

कतारको दोहास्थित नेपाली राजदूतावासले अल ब्याण्ड्री इन्जिनियरिङ ट्रेडिङ एण्ड कन्ट्रयाक्टिङ कम्पनीद्वारा निर्माणाधीन भवनमा दुर्घटना हुँदा एक नेपाली कामदारको मृत्यु र अर्का एक नेपाली घाइते भएको जनाएको छ ।

मृत्यु हुनेमा रुपन्देहीका चिनक मल्लाह रहेको छ । सो दुर्घटनामा परी दाङका गङ्गाराम चौधरी घाइते भएको दूतावासले जनाएको छ । दूतावासले सामाजिक सञ्जाल एव्म अनलाइन मिडिया संस्करणहरुमा भ्रामक एवम् तथ्यहीन समाचार प्रेषित गरी सर्वसाधारणमा भ्रम सिर्जना नगर्नसमेत सबैमा अनुरोध गरेको छ ।

सुतेकै अवस्थामा कतारमा मण्डलको मृत्यु