कतारमा नेपालीद्वारा नयाँ होटेल संचालन

unnamed

बिकाश प्रसाई तथा अनु भट्टराई प्रसाईको नाम कतारमा नेपाली व्यवसायी मध्येमा अग्र पंक्तिमा नै आउने गर्दछ ।

करिब दश बर्ष पहिले व्यवसायिक उदेश्य लिएर कतार प्रवेश गरेका यी दुईले कतारमा मात्र आधा दर्जन भन्दा बढी कम्पनी स्थापना गरेका छन् ।

विभिन्न कम्पनीमार्फत फरक व्यवसाय गर्दै आएका उनीहरुले दोहाबाट करिब २० किलोमिटर टाढा अल वाक्रा मनिसिपिलिटि परिसर भित्र एक सुबिधा सम्पन्न “रुमान रेस्टुरेन्ट” स्थापना गरेका छन ।

उक्त होटलमा बिशेष अरबी खानालाई प्रथामिकता दिदै नेपाली, इन्डियन, चाइनिज लगायत विभिन्न देशका खानाहरुको परिकार ग्राहकको चाहना अनुरुप पकाइने बताइएको छ ।

नयाँ पर्यटकीय गन्तव्य बन्दै ‘जटायु रेस्टुरेन्ट’