कतारमा बसेर सामाजिक क्षेत्रमा सक्रिय हुँदै रुद्र

वैदेशिक रोजगारका सिलसिलामा आज भन्दा करिब ९ बर्ष पहिले कतार छिरेका खोटाङ जिल्ला दिक्तेल न.पा.१ निबासी रुद्र शर्मा (आचार्य) अहिले सामाजिक क्षेत्रमा निकै सकृय भएर बिभिन्न सामाजिक गतिविधिमा अग्रपक्तिमा देखिने गरेका छन l

आचार्य वैदेशिक रोजगारका लागि कतार गएको केही वर्ष पश्चात आफ्ना गाउका साथी भाइ सग भेट्ने ठाउँ कहाँ होला भन्दै खोज्दै हिड्ने गर्थे आफ्नो गाउँ घर छिमेकी को-को होलान भनेर मनमा कौतुहल्ता जाग्थ्यो भन्छन l उनी बिदेशी भुमिमा एकहप्ता भरी काम गरे पछि हप्ताको एकदिन छुटी हुँदा उनी नेपाली हरुको जमघट हुने ठाँउ तिर घुम्न निस्कन्थे घुम्दै जादा एकदिन कतारको दोहा स्थित एक पार्कमा केही नेपालीहरु भेला भएको देखेर उक्त ठाँउमा गएर हेर्दा आफ्नै गाउ दिक्तेलका छिमेकी दाइ नारायण बस्नेत सग संयोगले भेट भयो l उनी सम्झन्छन उक्त समयमा अहिलेको जस्तो मोबाइल र सामाजिक संजाल फेसबुकहरु त्यति धेरै चलन चल्तिमा रहेको थिएन l भर्खर भर्खर बिकाश हुँदै थिए तर मोबाइल फोनको महत्त्वको बारेमा थाह भएर पनि प्रयोगमा ल्याउन निक्कै महङ्गो हुने हुदा कमैले मोबाइल फोन बोक्ने गर्थे l

उक्त ठाँउमा केही समय सम्म सोहि ठाउमा बसेर कुरा गर्दै जादा खोटाङे दाजुभाइ हरुको भेला रहेछ भन्ने उनले बुझे पछि बुझ्दै जादा त्यो त खोटाङेहरुले स्थापना गरेको “खोटाङ सेवा समाज दोहा कतार” नामक सस्था पो रहेछ भन्ने थाह भयो मनमा केही जिज्ञासा र कौतुहल्ता पनि जागेर आउदै थिए l उनि नयाँ भएको हुनाले मुख खोली हाल्न अप्ठ्यारो मान्नु पर्ने नै भयो उक्त सस्थाका अग्रदस्ताहरु मध्य नारायण बस्नेत महासचिब पदमा जिम्मेवारी निभाइ रहेका रहेछन l सस्थाको बारेमा उहाँ बाट बुझ्ने अवसर प्राप्त गरे पश्चात आचार्यलाई पनि सामाजिक संघ सस्थाहरुमा सामेल भइ सामाजिक क्षेत्रमा काम गर्ने रहर जाग्दै आएछ l पछि कुराकानीको क्रममा बस्नेतले सोही जिल्ला सस्थामा सामेल हुन आग्रह गरे पश्चात सदस्य बने र निरन्तर सोहि सस्थामा सकृय भएर काम गर्दै जादा वर्तमान महासचिब पदको जिम्मेवारी उनैले निभाउदै कर्मभूमि कतारबाट सामाजिक सेवा गरि रहेका छन l

खोटाङ सेवा समाज दोहा कतार बिगत १९ वर्ष पहिले वैदेशिक रोजगारीका लागि कतार पुगेका खोटाङ्गे हरुको सामुहिक पहलमा २०५४ सालमा स्थापना भएको सामाजिक सस्था हो l दोहा-कतारमा खोटाङगे तथा गैर खोटाङगेहरु लाई आई परेको दु:ख, पिडा, तथा समस्याहरुमा एक अर्कालाई साथ सहयोग गर्ने सामाजिक उदेश्यले सस्थापक अध्यक्ष माधब किरात राइको नेतृत्वमा “खोटाङ युबा सेवा समाज” स्थापना भइ स्थापना काल देखि नै सामाजिक सस्था भनेर सस्थालाइ कतारमा कार्यरत नेपाली मजदुर हरुले चिन्दथे । हाल उक्त सस्थाको नाम “खोटाङ सेवा समाज दोहा कतार” ले चिनिन्छ l दोहा कतारको हकमा जिल्ला बासी सस्था मध्यकै सबै भन्दा पहिलो र पुरानो इतिहास बोकेको सामाजिक संस्था पनि हो। उक्त संस्थाले प्रवासमा रहेर पनि सामुहिक तथा संगठनिक रुपमा काम गर्न सकिन्छ भन्ने उदाहरणीय पाठ सिकाएको छ l आचार्य भन्छन हाल खोटाङ सेवा समाज पछि कतारमा प्राय सबै जिल्लाका जिल्ला बासी सस्था स्थापना भइ सकृय रूपमा आ-आफ्नो क्षेत्रमा सामाजिक कार्य गर्दै आएका छन l

आचार्य थप्छन इतिहास हेर्दा खोटाङ सेवा समाज स्थापना हुदा कतारका लागि नेपाली दुताबासको स्थापना समेत भएको थिएन। तत्कालिन अवस्थामा खोटाङ युवा समाज कतारले दुतावावास नभएको अवस्थामा धेरै नेपाली मजदुर हरुलाइ सामाजिक सेवा र सहयोग गर्दै आएको आफ्नै ईतिहास रहेको छ। हाल खोटाङ सेवा समाजले दोहामा रहेका विभिन्न संघ संस्थाहरु सँग सहकार्य गर्दै खोटाङगे तथा गैर खोटाङगे सम्पूर्ण नेपालीहरुमा आइपरेका दु:ख, पीडा, समस्याहरुमा आर्थिक, सामाजिक तथा मानबिय सहयोग गर्दै सक्रियताका साथ अघि बढी रहेको छ।

स्थापनाकाल देखि हाल सम्म विभिन्न आरोह अबरोहहरु पारगर्दै आउने क्रममा सस्था भित्र मनमुटाव समेत भएको देखिन्छ l त्यही मनमुटाव र असमझदारीका कारण सन २००५ मा सुरेश राईको अध्यक्षतामा खोटाङ जागृति सेवा समाज स्थापना गरेका थिए l त्यसैगरी सन २००७ मा भरत बिशाल राईको नेतृत्वमा खोटाङ सेवा समाज रस्लाफान क्षेत्रीय रूपमा स्थापना भएको थियो । त्यसैगरी सन २००७ मै लिमन्द्र राईको अध्यक्षतामा खोटाङ आदर्स सेवा समाजको पनि स्थापना भएका थिए उक्त बिभाजित रूपमा स्थापना भएका जिल्लाबासी सस्थालाइ एकीकृत गर्नका लागि फेरि पछि पहल सुरु गरेर बिभाजित सस्थालाई सबैसंग समझदारी कायम गरे पछि फेरि एउटै संस्था बनाउन सबैको सहमति भइ एकीकृत खोटाङ सेवा समाज दोहा कतारको नाममा सस्था एकीकरण गरे संस्थाका स्थापनाकाल देखि सक्रिय भूमिका निभाउनु हुने हाल सम्म दोहा कतारमा कार्यरत बर्तमान सस्था संरक्षक राम गुरुङ हुन भने स्थपना कालका धेरै जसो अग्रजहरु जन्मभूमि फर्की सकेका छन भने बर्तमान कार्यसमितिका प्रमुख सल्लाहकार प्रकाश गुरुङ हुन त्यसै गरि वर्तमान सल्लाहकारहरु सदस्यहरु प्रेम प्रसाद भट्टराई, रबिन राई, हरि बस्नेत, चन्द्रसेर राई, बिनेश तामाङ, चानक पोख्रेल, तिर्थसङ्गम राई, देबराज राई, भाइ काजी गुरुङ, मुगा पुरी, लगायतका अग्रज हरुको सक्रियता रहदै आएको छ l सन २०११ मा खोटांग एकृकित सेवा समाजको नामबाट राम गुरुङको नेतृत्वमा एकीकरण गरिए पश्चात केहि महिना पछि खोटाङ एकीकृत सेवा समाजको पूर्ण बैठक बसी एकीकृत हटाउने सम्झदारी गरि निर्णय भए अनुसार खोटाङ सेवा समाज दोहा कतार कायम गरिएको हो।

सस्थालाइ निरंतरता दिने क्रममा हाल २०१७-१९ कार्यकालका कार्यसमितिमा अध्यक्ष तिला बहादुर खत्री, प्रथम उपाध्यक्ष एकराज राई, द्वितीय उपाध्यक्ष रुद्र शर्मा (आचार्य) , महासचिव कैलाश श्रेष्ठ, सचिब प्रशुराम श्रेष्ठ (पवन) कोषाध्यक्ष डिल्लीशेर खडका, सह-कोषाध्यक्ष दिनेश कार्की, सदस्यहरु जैबी राई चाम्लिङ, टीका नारायण श्रेष्ठ, रबिन शेर्पा, बलराम तामाङ, महेश दाहाल, किशोर भट्टराई, बलराम तामांग लोप्चन, रबिन शेर्पा, बलराम आचार्य, चुडा मणि पुरी, हुत्त राज राई, सन्तोष आले, राम कुमार मगर, तोया खनाल, जिबन कार्की र बिज्ञान राई रहेका छन l उक्त सस्थाले विभिन्न संघ संस्थाहरु संग सहकार्य गर्दै देश तथा बिदेशमा रहेका खोटाङगे तथा गैर खोटाङगे नेपाली दाजुभाई तथा दिदि बहिनीहरुको दु:ख पीडा तथा समस्याहरुमा आर्थिक, सामाजिक, तथा मानबिय सहयोग गर्दै आएको छ।

त्यति मात्र हैन खोटाङ जिल्लामा विभिन्न सामाजिक कार्यमा सग्लन रहदै आएको छ l शिक्षा, खेलकुद, साहित्य, गित संगीत जस्ता सामाजिक कार्यमा आर्थिक तथा सामाजिक सहयोग गर्दै आएको छ । बिशेष गरेर कुबेतमा मृत्युदण्ड सुनाइएका डोल्मा शेर्पाको जिबनरक्षाका लागि डोल्मा शेर्पा बचाउ अभियानमा खोटाङ सेवा समाज कतारले ३७ हजार कतारी रियल भन्न्दा माथि (नेपाली आठ लाख रुपैयाँ) भन्दा माथी आर्थिक सहयोग गरेको सस्थाको अभिलेखमा उल्लेख छ ।

बर्तमान उपाध्यक्ष रुद्र शर्मा (आचार्य)का अनुसार हाल यस सस्थाले गृह जिल्लामा सडक बिस्तार भएका विभिन्न गाबिस हरु वा दुर्गम गाउँ बस्तीमा बसोबास गर्ने अति असाहय गरिब दिनदुखीहरु विभिन्न कारण बस बिरामी भइ आकस्मिक उपचार गराउन नपाई ज्यान गुमाउनु परिरहेको र उनिहरुलाइ अत्यन्तै पीडा हुने गरेको समाचार सुन्दा आफुहरुलाइ समेत नमिठो लाग्ने गरेकोले यस सस्थाले उक्त अति दुर्गम ग्रामीण क्षेत्रमा बसोबास गर्ने असाहय जनतालाई छिटो छरितो तत्काल उपचारबाट बन्चित हुनबाट बिरामीको ज्यान बचाउन प्रत्यक्ष सेवा प्रदान गर्नका लागि पबित्र सामाजिक उदेश्य राखेर निवर्तमान अध्यक्ष्य तथा बर्तमान अध्यक्ष्य प्रकाश गुरुङको अध्यक्ष्यतामा “एम्बुलेन्स अभियान” संचालन गरि गत १९ मे २०१७का दिन एक एम्बुलेन्स खोटांग एकता सेवा समाज खोटांग दुरावा संचालित हुने गरि हस्तान्तरण समेत गरि सकेको छ l

उपाध्यक्ष रुद्र शर्मा भन्छन जिल्लाबासी सस्थामा आबद्ध भए पछि पदले पछ्याउँदै आफू माथी आइ लाग्यो र उक्त जिम्मेवार निभाउन निक्कै कठिन पनि छन l हप्ताको एकदिन छुटी मिलाएर सामाजिक काममा बाहिर निस्कनु निकै अप्ठ्यारो परिस्थिति सृजना हुन्छन कहिलेकाही आफू सग सवारी साधन नहुँदा भनेको बेला र तोकिएको समयमा सम्बन्धित ठाउँमा पुग्न नसक्दा निकै समस्या हुने गरेको आफू सग अनुभव रहेको बताउछ्न l

आफूले जिल्लाबासी सस्थामा रहेर सामाजिक काम गर्दा निकै रमाइलो हुने गरेको जिल्ला बासी साथीहरू थुप्रै बनाएको कार्यसमितिमा निकै उर्जासिल साथीहरूले भरिभराउ भएको देख्दा र सस्थागत निर्णयलाई कार्यन्वयन गर्न सबै साथीहरू मन वचन र कर्मले लागि परेको देख्दा अझ आफुलाइ हौसला मिल्ने गरेको बताउने आचार्यले सस्थाबाट धेरै कुरा सिकेको र त्यही सिकेका कुराले आफुलाइ अझ थप जिम्मेवार र समाजसेवी बनाउदै लगेको र बाचिन्जेल सामाजिक कार्य बाट बाहिर बस्नै नसक्ने गरि सामाजिक कार्यको लत लागिसकेको बताउछन ।

उनी सस्थाका एक उर्जाशिल सिप भएका ब्यक्तिका धनी समेत हुन संस्थागत कामहरु प्राय: धेरै जसो आफ्नो कामको समयमा अलिकति फुर्सद हुने बितिकै अफिसमा बसेर सस्थाको काम गर्न सुरु गर्ने गर्दछन सस्थाका प्रयोजनका लागि गर्ने कामहरु भित्तेपात्रो, सस्थाका सदस्यहरुको परिचयपत्र अन्य संघ सस्थालाइ लेख्नु पर्ने पत्राचार ब्यानर ब्याजहरु सबै आफैले डिजाइन समेत गर्ने गर्दछन उक्त सामाजिक कार्यमा आफ्नो बाँकी समय खर्चिन पाउदा मनमा सान्ती र आनन्द मिल्ने गरेको बताउछन।