कतारमा भुजेलले गरे आत्महत्या

झुण्डिएको

उद्दव मगर,दोहा – कतारमा कार्यरत खोटाङ जिल्ला खारपागा.वि.स वार्ड नंं २ गोरे भुजेलले आत्महत्या गरेका छन् ।

विगत ७ बर्षदेखि कतारको सनैया २३ स्ट्रिटमा रहेको नेशनलमा रबल एण्ड स्टोन कम्पनीमा कार्यरत बर्ष ४४ का भुजेलले जनवरी ११ का दिन आत्महत्या गरेका हुन् ।

मृतकको नजिकका साथीहरु होम भुजेल र विषबहादुर राईका अनुसार सो कम्पनीको कोठामा दुईजना मात्रै रहेको र सो कोठामा रहने सहपाठी त्यस राति कोठामा नभएको र भुजेल डिउटीमा नगए पछि खोजतलास गर्दा उनी झुण्डिएको अवस्थामा भेटिएका थिए ।

मृतक भुजेलको मृत शरीर अहमद हस्पिटलमा राखिएको जानकारी पनि उहाँहरुले दिनुभएको छ ।

सुतेकै अवस्थामा कतारमा एक नेपालीको मृत्यु