कतारमा रंगशाला निर्माणमा खटिएका एक नेपालीको मृत्यु

सन् २०२२ को विश्वकप फुटबलको आयोजक राष्ट्र कतारमा रंगशाला निर्माणमा खटिएका कामदारहरुको सुरक्षामा बारम्बार चिन्ता व्यक्त भैरहेको छ । कतार सरकारले त्यसमा सुधार गर्ने प्रतिबद्धता जनाइरहेको छ ।

त्यहाँ अहिले रंगशाला निर्माण तथा मर्मतका कार्य युद्धस्तरमा चलिरहेको छ र हजारौं विदेशी कामदार खटिएका छन् । कतारमा नेपालीहरु पनि सक्रिय छन् । यसै क्रममा कतारमा रंगशाला निर्माणमा खटिएका एक नेपालीको मृत्यु भएको छ । तर, मृतकको नाम, ठेगाना खुलाइएको छैन ।

विश्वकप फुटबलको एक खेल हुने अल वक्राह रंगशाला निर्माणमा खटिएका २३ वर्षीय नेपाली युवकको मृत्यु भएको गल्फ टाइम्सको समाचार उल्लेख छ ।

नेपाली अधिकारीहरुमार्फत् मृतकको परिवारलाई घटनाबारे जानकारी दिइएको र अनुसन्धान पनि सुरु गरेको समाचारमा उल्लेख छ ।

सुतेकै अवस्थामा कतारमा एक नेपालीको मृत्यु