कतारमा रंगशाला बनाउने क्रममा एक नेपालीको मृत्यु

wakrah-site

सन् २०२२ मा खाडी मुलुक कतारमा आयोजना हुने विश्वकप फुटबल प्रतियोगिताका लागि रंगशाला बनाउने क्रममा एकजना नेपाली नागरिकको मृत्यु भएको छ ।

नेपालको वैदेशिक रोजगारीको दोस्रो गन्तब्य मुलुकका रुपमा रहेको कतारमा रंगशाला बनाउने क्रममा चार सयभन्दा बढी नेपालीको मृत्यु भैसकेको छ । एक अध्यन अनुसार दुई तिहाइभन्दा धेरै नेपालीको मृत्यु हृदयघात तथा कार्यक्षेत्रको दुर्घटनाबाट हुने गरेको छ ।

पछिल्लो समय अल वक्रा रंगशाला बनाउने क्रममा २९ वर्षीय अनिलकुमार पासमानको मृत्यु भएको हो । रंगशाला निर्माणको जिम्मा पाएका कम्पनीले पासमानको २२ अक्टोबर आइतवार घटनास्थलमै मृत्यु भएको पुष्टि गरेको छ ।

वक्रा रंगशाला बनाउने जिम्मा पाएको मिडम्याक, पिओआरआर र सिक्स कन्स्ट्रक्टद्वारा जारी विज्ञप्ती अनुसार पासवानको भारी ट्रकले ठक्कर दिंदा मृत्यु भएको हो । उनको मृत्यु भएपछि छानबिनको लागि रंगशालाको निर्माण काम रोकिएको थियो ।

रंगशालामा कार्यरत कामदारको स्वास्थ्य तथा सुरक्षाको लागि मुख्य ठेकेदार कम्पनीले जिम्मा लिएको छ । ती कम्पनीहरुले फेरि यस्तो दुर्घटना हुन नदिन थप सचेतता अपनाएको विज्ञप्तीमा उल्लेख छ ।

कतार विश्वकपका लागि रंगशाला निर्माणका क्रममा आप्रवासी कामदारहरुको सुरक्षामा ध्यान नदिएको भन्दै फिफाले त्यसका सुधार गर्न चेतावनी दिएको थियोा भने एमनेस्टी इन्टरनेशल लगायतका मानवअधिकारवादी संस्थाले पटकपटक चेतावनी दिएको थियो ।

कतारमा चार सय नेपालीले ज्यान गुमाए