कतारमा राष्ट्रिय कलाकारहरु सम्मानित

राष्ट्रिय कलाकारहरु सम्मानित

प्रवासमा नेपाली कलाकार एक हौ नेपाली कला, संस्कृति र प्रतिभाको सम्मान तथा प्रवर्द्धन गरौ” भन्ने मुल नाराका साथ कतारमा सन २०१५ मा स्थापित बसन्त फिल्मस् प्रा.लि र पाल्पाली सेवा समाजद्वारा राष्ट्रिय कलाकारहरु सम्मानित भएका छन् ।

नेपाल मगर संघ शाखा कतारको आयोजनामा प्रथम हुर्रा महोत्सव तथा दिपावली २०१७ का लागि कतार आएका मयुर नृत्यकार कविराज मगर, लोक तथा दोहोरी गायक प्रसाद खप्तरी मगर, डान्सर तथा मोडल रिना थापा मगर, डान्सर तथा निर्देशक सुमन थापा मगर सम्मानित भएका हुन् ।

दोहाको मुग्लिना स्थित वेलकम डाईन रेस्टुरेन्टको सभाहलमा आयोजित सम्मान कार्यक्रममा बसन्त फिल्मस् प्रालिका प्रबन्ध निर्देशक, पाल्पाली सेवा समाजका अध्यक्ष एवं राष्ट्रिय लोक दोहोरी गित प्रतिष्ठानका मानार्थ सदस्य ईश्वर काफ्लेको सभापतित्व तथा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्यव परिषद कतारका अध्यक्ष नबिन पोखरेलको प्रमुख आतिथ्यता रहेको थियो । फिल्मसका प्रमुख व्यवस्थापक शरद कुमार पाण्डेको स्वागत मन्तब्य तथा महासचिव मोहन शाहको सञ्चालन रहेको कार्यक्रममा सस्थाको पृष्ठ भूमिको बारेमा केन्द्रिय सदस्य तिलु शर्मा पौडेलले स्पष्ट पारेका थिए ।

कार्यक्रममा मयुर नृत्यकार कविराज मगर, लोक तथा दोहोरी गायक प्रसाद खप्तरी मगर, डान्सर तथा मोडल रिना थापा मगर, डान्सर तथा निर्देशक सुमन थापा मगरले विशेष आतिथ्यता ग्रहण गरेका थिए ।

राष्ट्रिय कलाकारहरु सम्मानित

त्यस्तै पाल्पाली सेवा समाजका प्रमुख सल्लाहकार, लिलम चिदी मगर, नेपाली जनसम्पर्क समिति कतारका महामन्त्री अजिज अलि, गुल्मी सेवा समाजका प्रमुख सल्लाहकार शिव खड्का, नेपाल पत्रकार महासंघ कतार शाखाका अध्यक्ष गणेश प्रसाद बन्जाडे, लमजुङ सेवा समाजका सल्लाहकार तथा समाजसेवी कृष्ण बराल, फेवा साँस्कृतिकका सयोजक विक्की बिक, विभिन्न संघसंस्थाका पदाधिकारीहरु, कलाकारहरु, साझा नेटवर्क डटकमका प्रमुख कुमार अविरल, राजधानी साप्ताहिकका दिल कुमार श्रेष्ठ, पत्रकार महेस कार्की, उत्तम भट्टराई, लगायतका व्यक्तित्वहरु विशेष अतिथि रहेका थिए ।

साथै गित सङ्गीतलाई माया गर्नेहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले बसन्त फिल्मसको खुलेर चर्चा तथा प्रसंशा गर्दै कलाकार राष्ट्रको गहना भएकोले कहिले र कहिँ पनि बिचलित नभई सधै कलाकारीतामा लाग्न अनुरोध गर्दै साँगितिक तथा व्यक्तिगत जिवनको यात्रा सफलताको शुभकामना दिएका थिए ।

कार्यक्रममा प्रमुख अतिथि गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति कतारका अध्यक्ष नविन पोखरेल, पाल्पाली सेवा समाजका प्रमुख सल्लाहकार लिलमा चिदी मगर, नेपाली जनसम्पर्क समिति कतारका महामन्त्री अजिज अलि, नेपाल पत्रकार महासंघ कतार शाखाका अध्यक्ष गणेश प्रसाद बन्जाडे, गुल्मी सेवा समाजका प्रमुख सल्लाहकार शिव खड्का, लमजुङ सेवा समाजका सल्लाहकार तथा समाजसेवी कृष्ण बराल कृष्ण बराल लगायतले बोलेका थिए ।

कार्यक्रममा प्रसाद खप्तरी मगर, रिना थापा मगरले बोलेका थिए । कलाकाहरुले बसन्त फिल्मस र पाल्पाली सेवा समाजबाट सम्मानित हुन पाउँदा आफुहरु निकै भाग्यमानी भएको बताउदै बसन्त फिल्मस र पाल्पाली सेवा समाजलाई कहिल्यै भुल्न नसक्ने बताउदै बसन्त फिल्मस् तथा पाल्पाली सेवा समाजको सम्पूर्ण परिवार प्रति हार्दिक आभार प्रकट गरे ।

बसन्त फिल्मस् प्रालीले अहिलेसम्म १०३ जना कलाकारलाई सम्मान गरि सकेको छ । साथै फिल्मस कतारको सन्दर्भमा कलाकारहरुको सम्मान कार्यक्रममा अग्रपङ्क्तिमा रहदै आएको छ । कतारमा विभिन्न समयमा आयोजना हुने विविध सांस्कृतिक कार्यक्रमहरुमा विभिन्न देश तथा नेपालबाट आउने कलाकारहरुलाई फिल्मसले सम्मान गर्दै आईरहेको छ ।

फिल्मसका प्रबन्धक निर्देशक तथा कार्यक्रमका सभापति काफ्लेले कार्यक्रमलाई समापन गर्दै प्रवासमा रहेर पनि नेपाली कला र सँस्कृतीको जर्गेना तथा सम्मान गर्दै नेपाली कला संस्कृतिलाई टेवा पुग्ने काम गर्दै अगाडी बढ्ने कुरा बताउदै नेपाल मगर संघ शाखा कतार, पाल्पाली सेवा समाज तथा उपस्थित सबैलाई हार्दिक धन्यवाद दिएका थिए ।

राष्ट्रिय कलाकारहरु सम्मानित

स्मरण रहोस : बसन्त फिल्मसले कलाकारहरुलाई सम्मान मात्र नभएर बिभिन्न म्युजिक भिडियोहरुलाई बजार ब्यबस्थापन तथा बिभिन्न समयमा आपत विपतमा परेका दिन दुखिहरुलाई आर्थिक सहयोग समेत गर्दै आइरहेको छ ।

कतारमा राष्ट्रिय कलाकारहरु सम्मानित

कतारमा राष्ट्रिय कलाकारहरु सम्मानित

कुमार “अविरल” पन्थी, कतार ।“प्रवासमा नेपाली कलाकारहरु एक हौऔ, नेपाली कला, संस्कृति र प्रतिभाको सम्मान तथा प्रबर्द्धन गरौ” भन्ने मूल नाराका साथ अगाडी बढी रहेको बसन्त फिल्मस् प्रा.लि.ले विभिन्न विधाका राष्ट्रिय कलाकारहरुलाई सम्मान गरेको छ ।

कलाकारहरु सम्मानित

आइबोस ग्लोबल कतारले आयोजना गरेको (New Year Welcome Night 2017) न्यु एयर वेलकम नाइट मा भाग लिएर नेपाल फर्कन लागेका कलाकारहरुलाई फिल्मसले एक कार्यक्रमका बीच भब्य बिदाइ तथा सम्मान गरेको हो ।कतारको मुग्लिनामा अवस्थित वेलकम डाईन रेस्टुरेन्टमा आयोजित कार्यक्रम एक भब्य साँस्कृतिक कार्यक्रम जस्तो देखिन्थ्यो । कार्यक्रममा फिल्मसका प्रबन्ध निर्देशक ईश्वर काफ्ले सभापति तथा आईबोस ग्लोबलका सिइयो हब खड्का प्रमुख अतिथि रहेका थिए ।

त्यस्तै व्यवसायी तथा समाज सेवी महल के.सी., बसन्त फिल्मस प्रालिकी प्रमुख सल्लाहकार माया के.सी., आइबोस ग्लोबलका प्रमुख सल्लाहकार नेत्र न्यौपाने, समाज सेवी बिमल सुबेदी, पाल्पा सेवा समाजका अध्यक्ष लिलम चिदि मगर, समाज सेवी भुपराज दवाडी, नेपाल मगर संघ साखा कतारका महासचिव विजय मगर साथै आइबोस ग्लोबलका सम्पूर्ण टिमहरु विशेष अतिथि रहेका थिए । नमस्ते नेपाल कतार शाखाका उपाध्यक्ष लिला अधिकारी, सुप सेवा समाजका महासचिव महेश कार्की लगायत अतिथि रहेका थिए ।

कलाकारहरु सम्मानित

संस्थाका व्यवस्थापक सरद पाण्डेको स्वागत मन्तव्य संगै अघि बढेको कार्यक्रममा गित संगीत र कलाकारहरुलाई माया गर्नेहरुको उल्लेखनीय उपस्थिति रहेको थियो । सांगीतिक कार्यक्रमको सिलसिलामा कतार प्रवेश गर्ने हरेक कलाकारहरुलाई समान रुपले सम्मान गर्दै आएको फिल्मसले यस पटक पनि ८ जना कलाकारहरुलाई एकै साथ सम्मान गरेको हो ।

मोडल तथा कोरियोग्राफर स्मृति तिमिल्सिना,गायिका साहिमा श्रेष्ठ, कार्यक्रम प्रस्तोता, तथा मोडल सुर्जनी केसी, गायक रुप कुमार राई, मोडल रश्मि तामांग, र मोडल तथा निर्देशक शंकर बिसी, बहुचर्चित हाँस्य कलाकार जितु नेपाल “मुन्द्रे”, गायिका तथा मोडल कोपिला गुरुङ सम्मानित भएका हुन् ।

कार्यक्रममा पाल्पा जिल्ला चाप्पानी-२ बोझादीमा जन्मिएकी मोडल तथा नृत्य निर्देशक स्मृति तिमिल्सिनालाई उनको कला र प्रतिभाले सिङ्गो पाल्पावासीहरूको मान, प्रतिष्ठा बढाउने काम गरेको भन्दै पाल्पाली सेवा समाज कतारले पनि आफ्नो सस्थाका अध्यक्ष लिलम चिदि मगर, प्रथम उपाध्यक्ष चोलाकान्त डोटेल, प्रमुख सल्लाहकार भुपराज दवाडी लगायत अन्य सस्थाका प्रतिनिधिहरुले सयुक्त रुपमा दोसल्ला ओढाएर सम्मान पत्रले सम्मान समेत गरेका थिए ।

कलाकारहरु सम्मानित

बसन्त फिल्मसले हाम्रोलाई भन्दा राम्रोलाई समृद्ध कलाकार भन्दा न्यून आए भएका र विशेषत: रेगिस्तानमा दबिएर रहेका प्रतिभालाइ उच्च प्राथमिकता दिने गरेको सस्थाका सदस्य तिलु शर्मा पौडेलले बताए । कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले फिल्मसको खुलेर चर्चा गर्दै सम्पूर्ण कलाकारहरुलाई साँगीतिक यात्रा सफलताको शुभकामना दिएका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि खड्काले आफुले गर्नुपर्ने सारा काम बसन्त फिल्मसले गरेको र त्यहि कार्यक्रमको हिस्सा बन्न पाउदा औधी खुसि लागेको बताए ।

फिल्मसकी प्रमुख सल्लाहकार माया केसीले सबै कलाकारलाई साँगितिक यात्रा सफलताको शुभकामना व्यक्त गरिन । कार्यक्रममा बोल्दै गुरुआमा फिल्मस् प्रालि कि म्यानेजिङ् डाइरेक्टर समेत रहेकी तिमिल्सिनाले यति धेरै माया र सम्मानले आफु बसन्त फिल्मस् परिवार तथा पाल्पाली सेवा समाज कतारको आजिबन ऋणी भएको यो खादा खादा मात्र नभएर माया हो भन्दै यो मायालाई सधै जीवित राख्ने प्रतिबद्धता व्यक्त गरिन ।

तेस्तै कलाकारहरुले आईबोस ग्लोबल कतारले अविस्मरणीय अवसर जुराई दिएकोमा धन्यवाद दिए । बसन्त फिल्मस् प्रा.लि.बाट सम्मानित हुन पाउदा आफुहरु निकै भाग्यमानी तथा खुसि भएको बताउदै सम्पूर्ण बसन्त फिल्मस् प्रा.लि. कतार टिम प्रति आभार प्रकट गरे ।

संस्थाका सचिव अबु अलिको संचालन रहेको कार्यक्रमलाई समापन गर्दै सभापति काफ्लेले गीत सङ्गीतमा आबद्ध सम्पूर्ण प्रति लक्षित गर्दै एक पटक बसन्त फिल्मस् संग सहकार्यको लागि अनुरोध गर्दै उपस्थित सम्पुर्णलाई धन्यबाद सहित कार्यकर्मको समापन गरेका थिए ।

कलाकारहरु सम्मानित

बसन्त फिल्मसले कलाकारहरुलाई सम्मान मात्र नभएर बिभिन्न म्युजिक भिडियोहरुलाई बजार ब्यबस्थापन तथा बिभिन्न समयमा आपत-विपदमा परेका दिन दुखिहरुलाई आर्थिक सहयोग समेत गर्दै आइरहेको छ ।

कतारमा बसन्त फिल्मसद्वारा राष्ट्रिय कलाकार सम्मानित