कतारमा लाग्दै कोहलपुर एक्सप्रेस केकी र रिमासंग फिल्म हेर्न पाईने

कोहलपुर एक्सप्रेस

महेन्द्रप्रसाद पोखरेल, दोहा – नेपाली चलचित्रलाई निरन्तर रुपमा कतारसम्म पुर्याएर नेपाली दर्शकहरुको पहुँच सहज बनाएका कल्याण घिमिरेले कोहलपुर एक्सप्रेसलाई पनि कतार प्रवेश गराउने भएका छन् ।यतिमात्र होईन चलचित्र कोहलपुर एक्सप्रेससंगै नायिका केकी र रिमा समेत कतार आउँदै छन् ।

कोहलपुर एक्सप्रेसमा मुख्य भूमिकामा प्रियंका, ऋचा, बुद्धि तामाङ लगायतको अभिनय रहेको छ ।राजनराज सिवाकोटी, कालिप्रसाद तथा अर्जुन पोख्रेलले संगीतवद्ध गरेका छन् भने चलचित्रका सबै गीत हिट छन् । कमेडी तथा सस्पेन्समा आधारित चलचित्र कोहलपुर एक्सप्रेस कतारको सनैया ईण्डष्ट्रीयल क्षेत्रको ग्राण्ड मलमा रहेको एसियन टाउन हलमा लाग्ने छ ।

२५ कतारी रियाल शुल्क रहेको शो मा स्वयं केकी र रिमासंगै बसेर चलचित्र हेर्ने व्यवस्था मिलाईएको घिमिरेले बताएका छन् ।आगामी शुक्रबार ३ : ३० बजेबाट चाचित्र सुरु हुनेछ ।विदेशमा रहेका नेपालीहरुलाई आफ्नोपनको आभाष दिलाउन नेपाली चलचित्रलाई माया र प्रबर्धन गरौँ भन्ने मुल नाराका साथ उक्त शो हुन लागेको हो।

जापानमा प्रियंका र केकी ; कोहलपुर एक्सप्रेस आइतबार गुड्ने