कतारलाई अल्टिमेटम समय थप, अल जजीरा च्यानल कुनै हालतमा बन्द हुँदैन:कतार

साउदी अरब र तीन अन्य अरब मुलुकले कतारलाई आफ्ना सर्तहरुको सूची मान्नका लागि अल्टिमेटमको समय  बढाएका छन् । यसअघि ती सर्तहरुको सूची मान्न १३ घण्टाको अल्टिमेटम दिइएको थियो जसलाई बढाएर ४९ घण्टा पुर्याइएको छ ।

सूचीमा समाचार च्यानल अल जजीरालाई बन्द गर्नुपर्ने सर्त राखिएको थियो यद्धपि कतारले कुनैपनि हालतमा अलजजीरा च्यानल बन्द नगर्ने बताइसकेको छ । अल जजीरा कतार सरकारको लगानी रहेको टेलिभिजन न्यूज च्यानल हो । साउदी अरब, ईजिप्ट, यूएई र बहराइनले कतारमाथि कडा प्रतिबन्ध लगाएका छन् । उनीहरुको आरोप छ कि कतारले चरमपन्थी संगठनहरुलाई आर्थिक सहयोग गर्ने गर्छ । जबकि आरोपले यो आरोपलाई ठाडै अस्वीकार गरेको छ ।

कतारले भनेको छ की आफुले मान्नुपर्ने भनेर सूची पेश गरिएको सर्तहरुबारे औपचारिक जवाफ सोमबार कुवेतलाई पठाइने एक पत्रमा दिने छ । कुवेतले यो मामलामा मध्यस्थको भूमिका निर्वाह गरिरहेको छ ।  कतारका विदेश मन्त्री शेख मोमहम्मद बिन अब्दुल रहमान अल-ताहिनीले शनिबार भनेका थिए कि, ‘कतारले शर्तहरु मान्न इन्कार गरिदिएको छ । तर सही माहौलमा कुराकानी गर्न तयार छौं ।’

पछिल्ला दुई हप्तादेखि कतार साउदी अरबलगायत सहयोगी राष्ट्रबाट अभूतपूर्व राजनीतिक र आर्थिक नाकाबन्दी सामना गरिरहेको छ ।
जुन २३ मा यी चार देशले कतारलाई सर्त मान्नका लागि १० दिनको समय दिएका थिए । यसमा टर्कीमा रहेको सैन्य अड्डालाई बन्द गर्न र ईरानसँग कुटनीतिक सम्बन्ध तोड्न पनि माग गरिएको छ ।

नाकाबन्दी पछिको संकटमा टर्की र ईरानले कतालाई खाद्यान्न लगायत सामग्री आपूर्ति गर्नमा सहयोग गरिरहेका छन् ।

परराष्ट्रमन्त्री महराबाट कतारमा कार्यरत नेपालीको सुरक्षामा चासो