कतार एअरवेजले क्यानवेरामा उडान थाल्दै

कतार एअरवेजले अष्ट्रेलियाको क्यानवेरामा चाँडै उडान थाल्ने भएको छ । विश्वकै उत्कृष्ट एअरलायन्सका रुपमा स्थापित कतार एअरवेजले अष्ट्रेलियामा पाँचौ गन्तव्यका रुपमा क्यानवेरामा उडान भर्न लागेको हो। विश्वभर आफ्नो उडान भर्ने योजना अनुसार नै क्यानवेरालाई गन्तब्य बनाइएको एअरलायन्सले जनाएको छ ।
पछिल्लो समय छिमेकी चार देशबाट नाकाबन्दीको सामना गरिरहेको बेला समेत आफ्नो एअरलायन्सले उत्कृष्ट सेवा दिईरहेको र उडान गन्तव्य थप्ने कार्यमा कुनै असर नपरेको कतार एअरलायन्सद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यस्तै अगष्ट महिनामा पूर्वी युरोपका विभिन्न देशहरुमा समेत उडान गन्तब्य थपिने एअरलायन्सले जनाएको छ ।
कतार एअरलायन्सका प्रमुख कार्यकारी अकबर अल बकरले प्रतिकुल परिस्थितिका बाबजुत पनि आफ्ना एअरलायन्सले हवाई यात्रुलाई दिईरहेको सेवामा कुनै पनि कमी नगरेको र आफ्नो उडान गन्तब्यलाइ समेत विस्तार गरिरहेकोमा आफूलाई गर्व लागेको बताएका छन् ।